भेनेजुएलाका विपक्षी नेता गुआइदोद्वारा मादुरोविरुद्ध व्यापक प्रदर्शनको आह्वान | Khabarhub Khabarhub

भेनेजुएलाका विपक्षी नेता गुआइदोद्वारा मादुरोविरुद्ध व्यापक प्रदर्शनको आह्वान


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कराकास– भेनेजुएलामा विपक्षी नेता हुआँ गुआइदोले निकोलस मादुरोको सत्ताविरुद्ध व्यापक जनप्रदर्शनको आह्वान गरेका छन् । मंगलबार गुआइदोको आह्वानपछि भएको सैनिक विद्रोहको निरन्तरताका लागि गुआइदोले मे दिवसका दिन बुधबार व्यापक जनप्रदर्शनको आह्वान गरेका हुन् ।

उनले सेनालाई मादुरोको साथ छाड्न र आफ्नो पक्षमा आउन आह्वान समेत गरेका छन् ।

राजधानी कराकासमा रहेको सैनिक अखडाबाट शुरु भएको सैनिक विद्रोह मुलुकका अन्य शहरमा पनि फैलिएको बताइएको छ । सैनिक विद्रोहका क्रममा १ सय जनाभन्दा धेरै घाइते भएका छन् ।

अर्कोतर्फ राष्ट्रपति निकोलस मादुरोले गुआइदोको आह्वानमा आफ्नो सत्ताविरुद्ध भएको सैनिक विद्रोहलाई ‘कु’ को संज्ञा दिँदै त्यो असफल भएको घोषणा गरेका छन् । राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै मादुरोले आफ्नोसत्ताविरुद्ध भएको सैन्य कु असफल भएको जनाएका हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ११ : ५७ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण