मजदुरका कथामा फिल्म बन्नै छाडेका हुन् ? | Khabarhub Khabarhub

मजदुरका कथामा फिल्म बन्नै छाडेका हुन् ?


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक जमाना थियो, मजदुरका कथालाई लिएर धेरै फिल्म निर्माण हुने गर्थे । राजेश हमाल, विराज भट्ट, सुशील क्षेत्री, निखिल उप्रेती, दिलिप रायमाझी लगायत सबै चल्तीका अभिनेताले मजदुर र निम्न वर्गका कथालाई लिएर कैयन् फिल्म खेले । तर अहिले भने फिल्मको कथा रोजाइ फेरिएको छ ।

संयोग भन्नुपर्छ, केही दिनअघि मात्र एक फिल्मको पोस्टर सार्वजनिक गरिएको थियो, पसिना । उक्त फिल्ममा मजदुरको कथा समेटिएको छ त भनिएको छ तर फिल्मको खासै चर्चा छैन ।

केही दशकअघि निम्न वर्गका मजदुरहरु थिचोमिचोमा परेको कथा फिल्ममा हुन्थ्यो । त्यो समूहमा एकजना नायक भएर आउँथ्यो र सम्भ्रान्त वर्गबाट मजदुरलाई जोगाउँथ्यो । यस्ता फिल्महरु दर्शकले निकै रुचाउँथे । महानायक राजेश हमालले मजदुरका कथामा निकै फिल्म खेले । जसकारण नेपाली दर्शकमाझ उनको क्रेज अझै पनि उस्तै छ ।

समाजको स्वरुप केही परिवर्तन हुनासाथ यतिबेला भने फिल्ममा नयाँपनको प्रयोग गरिन थालेको छ । खासगरी अहिलेका फिल्ममा मजदुरभन्दा पनि सुखमा रमाएकाहरुको कथा हुन्छ । ती फिल्मले केही हदसम्म दर्शकलाई सन्तुष्टि दिन्छन् । तर, ती फिल्मको केही दिनमै चर्चा हुन छोड्छ । फिल्म दीर्घकालीन हुन सकेका छैनन् ।

एकातिर मजदुरका कथाहरुलाई दर्शकले खासै नरुचाएको र अर्कातिर पुराना फिल्म अझै पनि जीवित रहनुले मजदुरका कथा पनि खोजिनुपर्ने देखिन्छ । होला, दर्शकले मजदुरका कथामा फरकपन खोजेका होलान् तर हाम्रो समाजबाट मजदुर समस्यामा परेका कथा नै सकिएको त पक्कै होइन ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ११ : २४ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण