भ्रमण छोट्याएर राष्ट्रपति आज स्वदेश फर्कंदै | Khabarhub Khabarhub

भ्रमण छोट्याएर राष्ट्रपति आज स्वदेश फर्कंदै


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–छिमेकी राष्ट्र चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) स्वदेश फर्कंदैछिन् । स्वास्थ्यमा समस्या देखा परेपछि राष्ट्रपति भण्डारीले एक दिन भ्रमण छोट्याएर स्वदेश फर्कंने भएकी हुन् ।

परराष्ट्रमन्त्रालय स्रोतका अनुसार उनी बिहान १०: ४० बजे काठमाडौं आइपुग्ने छिन् । भ्रमणका क्रममा बेइजिङबाट ल्हासा पुगेकी भण्डारी त्यहीबाट स्वदेश फर्कंने छन् ।

यसअघिको भ्रमण तालिका अनुसार राष्ट्रपति भोलि (बिहीबार) एयर चाइनाको उडानबाट स्वदेश फर्कंने कार्यक्रम थियो । तर, स्वास्थ्यमा आएको खराबीका कारण सिचुआन एयरलान्सको उडानबाट स्वदेश फर्कंने कार्यक्रम बन्यो । राष्ट्रपतिको स्वास्थ्यका कस्तो समस्या आएको भन्ने खुलेको छैन ।

राष्ट्रपतिको पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत आज पोटाला र जोखाङ दरबार भ्रमण गर्ने, कृषि परियोजना अवलोकन गर्नेलगायत तय भएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ८ : ०४ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले