सन्दीपको सनसनीपूर्ण प्रदर्शन, पञ्जावविरुद्ध लिए २ विकेट | Khabarhub Khabarhub

सन्दीपको सनसनीपूर्ण प्रदर्शन, पञ्जावविरुद्ध लिए २ विकेट


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापीटल्सबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले किङ्स—११ पञ्जावविरुद्ध दुई विकेट लिएका छन् ।

सन्दीपले खेलको १४ औं ओभरको पाँचौं बलमा पञ्जावका आक्रामक ब्याटिङ गरीरहेका सर्फराज खानलाई  दोस्रो विकेटका रुपमा आउट गरे । खानले २९ बलमा ३९ रन बनाएका थिए ।

दिल्लीका लागि सर्फराजको यो विकेट टर्निङ पोइन्ट पनि बन्न सक्छ । यसअघि पहिलो विकेटका रुपमा सन्दीपले पञ्जावका साम कुरानलाई एलबिडब्लु धराप पारेका थिए । कुरान २० रनमा खेलिरहँदा एलबिडब्लु आउट भए ।

पञ्जावविरुद्ध आफ्नो चौथो ओभरमा सन्दीपले ४ रन खर्चेर १ विकेट लिएका हुन् । योसँगै सन्दीपको यो सिजनमा दुई खेलबाट विकेट संख्या ३ पुगेको छ ।

दिल्लीले सन्दीपको प्रदर्शनको विश्वास गर्दै भारतीय अनुभवी स्पिनर अमित मिश्रालाई मैदान बाहिर राखेको थियो ।

आजको खेलमा सन्दीपले आफ्नो बलिङ फिगर उत्कृष्ट बनाएका छन् । उनले ४ आभेर पूरा बलिङ गरेर २७ रन खर्चेर २ विकेट लिए ।

दिल्लीका बलरहरुको प्रत्येक बलमा पञ्जावका ब्याट्सम्यानले बाउन्ड्री प्रहार गरेपनि सन्दीपले पहिलो र चौथो आभेरमा रन नियन्त्रण गरेका थिए ।
दिल्ली टिम
पृथ्वी श्वा, शिखर धवन, श्रयस अयर (कप्तान), कोलिन इनग्राम, रिसभ पन्त, हनुमान विहारी, क्रिस मोरिस, हर्षल पटेल, अमित मिश्रा—अक्जर पटेल, सन्दीप लामिछाने, कागिसो रबाडा

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ९ : ३२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र