प्रधानमन्त्री ज्यूले हेलिकप्टरबाट हेर्नुभएछ, हामीलाई त्रिपाल चाहियो ! | Khabarhub Khabarhub

प्रधानमन्त्री ज्यूले हेलिकप्टरबाट हेर्नुभएछ, हामीलाई त्रिपाल चाहियो !


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आइतवार साँझ आएको हुन्डरीले बारा र पर्सामा बितण्डा मच्चाएको छ । गृहमन्त्रालयले भने अहिलेसम्म २७ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।

हावाहुरीले प्रभावित भएको क्षेत्रमा अहिले स्थानीयहरु भोकभोकै बस्नुपरिरहेको छ । खबरहबको सम्पर्कमा आएका प्रभावित क्षेत्रका जनप्रतिनिधिका अनुसार प्रभावितहरुको ‘भोक मेटाउन’का लागि हल्का खानेकुरा वितरण गरिएपनि अन्य ‘व्यवस्था’ हुन सकेको छैन ।

‘यहाँको अवस्था एकदमै दयनीय छ । यहाँका सबै जनता अहिले पनि भोकभोकै छन् । हामीले केही मात्रामा खानेकुराको व्यवस्था गरेका छौं । तर, त्यतिले मात्रै पुग्ने अवस्था छैन,’ हावाहुरीका कारण सबैभन्दा बढी प्रभावित बाराको फेटा गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष जय प्रकाश दासले खबरहबसँग भने, ‘अब राति पर्न लागेको छ । हिजो राति खुला आकाशमा विताएका प्रभावितलाई आजको राति कहाँ सुताउने भन्ने समस्या छ ।’

प्रधानमन्त्री ज्यू त्रिपाल चाहियो !

हावाबाट प्रभावित क्षेत्रको निरीक्षणका लागि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय सरकारका मन्त्रीहरुको टोली निरीक्षणमा जाने भन्ने थियो ।

काठमाडौंबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल) लगायतको टोली झापा पुगेर प्रधानमन्त्रीका साथ सेनाको हेलिकप्टरमा बारा उडेको थियो । तर, प्रधानमन्त्रीसहित केन्द्रबाट गएका संघीय सरकारका पदाधिकारीहरु प्रभावित क्षेत्रमा नगइ सेनाकै हेलिकप्टरबाट सदरमुकाम कलैया फर्किका छन् ।

‘केही समय पहिले आकाशमा हेलिकप्टरको आवाज सुनिएको थियो । हामीले प्रधानमन्त्री ज्यू यहाँ ओर्लिनुहुन्छ कि भन्ने सोचेका थियौं, उहाँ त सिधै कलैया पुग्नुभएछ,’ फेटा गाउँपालिका–१ का वडाध्यक्ष दासले खबरहबसँग भने, ‘यहाँका नागरिकलाई पाल चाहिएको छ । प्रधानमन्त्री ज्यू यहाँ आउनुभएको भए कम्तिमा त्रिपालको व्यवस्था त गरिदिनुहोस् भन्ने थियौं । उहाँ त यहाँ टेक्नु नै भएन !’

प्रधानमन्त्री आए त्रिपाल पाइने आशमा रहेका प्रभावितहरु अहिले निराश बनेका वडाध्यक्ष दासले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ४ : २६ बजे

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे