नेकपाका सांसदले हावाहुरी प्रभावितलाई एक दिनको तलब दिने | Khabarhub Khabarhub

नेकपाका सांसदले हावाहुरी प्रभावितलाई एक दिनको तलब दिने


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार राति आएको हावाहुरी प्रभावित परिवारको सहयोगका लागि नेकपाका सांसदहरुले एक दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने जानकारी दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्– बारा र पर्सामा आएको त्रासद् आँधी प्रभावित परिवारको सहयोगार्थ हामी जहाँ छौं त्यहीँबाट सक्रिय रहन म सवैमा आह्वान गर्दछु । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने समेत जानकारी गराउँछु ।

हावाहुरीका कारण बारा र पर्सामा ३२ जनाको ज्यान गएको छ भने ५ सय भन्दा धेरै घाइते भएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ३ : ०० बजे

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा