टर्कीमा स्थानीय निर्वाचनको मतपरिणाम– राष्ट्रपति एर्दोगानको ‘ओरालो यात्रा’ शुरु ! | Khabarhub Khabarhub

टर्कीमा स्थानीय निर्वाचनको मतपरिणाम– राष्ट्रपति एर्दोगानको ‘ओरालो यात्रा’ शुरु !


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अंकारा– टर्कीमा भएको स्थानीय निर्वाचनमा राष्ट्रपति रजेप तैयप एर्दोगानको पार्टी राजधानी अंकारामा पराजित भएको छ । स्थानीय निर्वाचनमा राष्ट्रपति एर्दोगानको इस्लामवादी अदालत वे कल्किन्मा पार्टीसी अर्थात् जस्टिस एण्ड डेभलोपमेन्ट पार्टी एकेपीले सबैभन्दा ठूलो शहर इस्तानबुलमा पनि कमजोर प्रदर्शन गरेको छ ।

अंकाराको निर्वाचनमा विपक्षी धर्मनिरपेक्ष र उदार नीतिको रिपब्लिकन पिपुल्स पार्टी सीएचपीका तर्फबाट मेयर पदका उम्मेद्वार मन्सुर याभास विजयी भएका छन् ।

त्यस्तै टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा पनि सीएचपी र एकेपीबीच तीब्र प्रतिस्पर्धा भइरहेको र मतगणना सकिनै लाग्दा एकेपीका उम्मेद्वार तथा पूर्व प्रधानमन्त्री बिन्याली यिल्द्रिम र सीएचपीका उम्मेद्वार दुबैले आ–आफू विजयी भएको घोषणा गरेका छन् ।

सीएचपीका उम्मेद्वार एक्राम इमामोग्लुले २ हजार भन्दा कम मतगणना गर्न बाँकी रहेको अवस्थामा २८ हजार भन्दा धेरै मतको अग्रता लिएको दाबी गरेका छन् । एकेपीले इस्तानबुलमा पराजित भइसकेको औपचारिक घोषणा नगरे पनि राष्ट्रपति एर्दोगानले भने इस्तानबुलमा आफ्नो पार्टी पराजित भइसकेको सङ्केत दिएका छन् ।

चुनावपछि राजधानी अंकारामा आयोजित ¥यालीमा एर्दोगानले भने ‘हाम्रा जनताले शहरको मेयर पद नदिएपनि हामीलाई जिल्लस्तरमै जिताएका छन् ।’ एर्दोगानको यस्तो घोषणाबाट उनले इस्तानबुलमा पनि पराजय स्वीकार गरिसकेको अर्थमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एकेपीले यिल्द्रिम केबल ४ हजार मत अन्तरले विजयी भएको घोषणा गरेको थियो । यसअघि इस्तानबुल शहरकै मेयरका रुपमा कार्यरत रहेका एर्दोगानेका पार्टी इस्तानबुल शहरमै पराजित हुनुलाई निकै ठूलो चासोका साथ हेरिएको छ ।

त्यस्तै एजियन सागरको तटमा रहेको टर्कीको तेश्रो ठूलो शहर इज्मिरमा पनि सीएचपी विजयी भएको छ ।

यता एकेपीले भने केही जिल्ला र शहरमा भएका निर्वाचनको मतपरिणामविरुद्ध उजुरी दिने जनाएको छ । केही जिल्लामा भएको मतगणना र मतपरिणामप्रति एकेपी सन्तुष्ट हुन नसकेकाले एकेपीले त्यसविरुद्ध उजुरी दिन लागेको टर्कीको सरकार सञ्चालित समाचार संस्था अनादोलुले जनाएको छ ।

१६ वर्षअघि टर्कीको राजनीतिमा उदाएका एर्दोगानको यस पराजयलाई उनको राजनीतिक जीवनकै सबैभन्दा नराम्रो मध्येको पराजयका रुपमा अर्थ्याइएको छ । इस्लामवादी नेताको रुपमा कट्टर इस्लामिक तुर्कहरुमा उनको निकै ठूलो प्रभाव छ ।

पछिल्लो समय अमेरिकाले नाकाबन्दी र प्रतिबन्धहरु लगाएपछि टर्कीको अर्थतन्त्र निकै कमजोर भएको थियो । त्यही कारणले पनि ठूला आर्थिक गतिविधि हुने ठूला शहरमा उनको पार्टीले पराजय खेप्नुपरेको विश्लेषण गरिएको छ ।

२० औँ शताब्दीमा टर्कीका नेता मुस्तफा केमाल आतातुर्कपछि आधुनिक टर्कीका सबैभन्दा शक्तिशाली राजनीतिक व्यक्तिको छवि बनाएका एर्दोगानले सन् २०१७ मा भएको जनमत सङ्ग्रहपछि संविधान संशोधन गर्दै मुलुकको प्रायः सबै कार्यकारी शक्ति राष्ट्रपतिको मातहतमा ल्याएका थिए । यससँगै उनीमाथि तानाशाही शैली अपनाएको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  २ : ३७ बजे

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।