उद्धारका लागि सेना परिचालन | Khabarhub Khabarhub

उद्धारका लागि सेना परिचालन


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बारा र पर्सामा हावाहुरी प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षा निकायका तीनै अंग परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनालाई उद्धारका लागि परिचालन गरिएको छ । नेपाली सेनाका दुई बलालियन उद्धारमा खटेका छन् ।

प्रदेश २ सरकारले यो विपत घडीमा राष्ट्रिय शोक मनाउन केन्द्रीय सरकारसँग माग गरेको छ । घटनामा भएको क्षति तथा उद्दारका लागि चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न अहिले जिल्ला प्रशासन कार्यालयमा बैठक बोलाइएको छ । बैठकमा स्थानीय जनप्रतिनिधि, केन्द्रीय तथा प्रदेशसभाका सांसदलाई बोलाइएको बारा क्षेत्र नम्बर १, ‘क’ सांसद त्रिलोकी प्रसादले खबरहबलाई जानकारी दिए ।

अहिलेसम्म प्रारम्भिक सूचनामात्र आएको भन्दै सांसद प्रसादले घटनाबाट भएको क्षति धेरै रहेको बताए । हावाहुरीले बिजुलीको पोल तथा टिनको छाना उडाएर धेरैलाई घाइते बनाएको छ । घाइतेको संख्या बढ्न थालेपछि अस्पतालको खुल्ला ठाउँमा राखेर उपचार गराईँदै गरेको अस्पतालले जनाएको छ । त्यस्तै बिरामीको उपचारका लागि रगत अभाव भएका कारण रक्तदान गर्न आह्वान गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ९ : २१ बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०