शीर्ष स्थानमा पुग्यो लिभरपुल, सिटीभन्दा २ अंक बढी | Khabarhub Khabarhub

शीर्ष स्थानमा पुग्यो लिभरपुल, सिटीभन्दा २ अंक बढी


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई उछिन्दै इङ्लीस प्रिमियरर लिगमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा टोटनह्यामलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुलले घरेलु टोलीलाई २—१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलले खेलको १६ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । लिभरपुलका लागि रोवोटो फिमिन्होले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, लिभरपुलको अग्रता तोड्न टोटह्यामका लुकाज माउराले खेलको ७० औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए ।

१—१ अवस्थामा रहेको खेलमा टोटनह्यामका खेलाडी टोवे एल्डरवेइरेल्डले आत्मघाती गोल गरेपछि लिभरपुलले अंक बाड्नबाट जागिएको हो ।
जीतसँगै लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २ अंकले अघि रहेको छ । लिभरपुलको ७९ अंक छ भने सिटीको ७७ अंक छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ८ : ३५ बजे

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी