अपडेट : हावाहुरीका कारण ज्यान गुमाउने संख्या २७ पुग्यो | Khabarhub Khabarhub

अपडेट : हावाहुरीका कारण ज्यान गुमाउने संख्या २७ पुग्यो


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारा र पर्साका जिल्लामा हिजो साँझ एक्कासी आएको ठूलो हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । पछिल्लाे जानकारी अनुसार  बारा र पर्सामा गरी २७ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको हो ।

स्थानीय प्रशासनले दिएको जानकारी अनुसार यसअघि ३२ जनाको मृत्यु भएको हुन गएकोमा सच्याइएको छ ।  घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको उल्लेख गरिएको थियो । घटनामा ज्यान गुमाउने र घाइते हुनेहरूको संख्या अझै बढ्न सक्ने स्थानीय प्रशासनले जनाएको थियो ।

यसअघि गएराति १०ः३७ मा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म २५ जनाको ज्यान गएको र झन्डै चार सय जना घाइते भएको जानकारी प्राप्त भएको भन्दै शोक व्यक्त गरेका थिए । प्रदेश नं २ को सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाका अनुसार बाराका भलुही, भरवलिया र फेटा सबैभन्दा बढी प्रभावित भएका छन् ।

प्रभावित जिल्लाहरूमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित गरिएका छन् । गम्भीर प्रकृतिका घाइतेको संख्या धेरै भएको हुँदा क्षतिको विवरण अझै बढ्न सक्ने बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए ।

अस्पतालमा विरामीको चाप बढेसँगै घाइतेहरुको उपचापर निशुल्क गर्न दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निर्देशन दिएका छन् । हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधन पल्टाउनुका साथै माटोबाट बनेका घरहरूमा क्षति पुगेको बताइएको छ ।

बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको बताइएको छ । अस्पतालहरूको क्षमताभन्दा निकै धेरै घाइतेहरू भएका कारण भुइमै राखेर उपचार थालिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ६ : ०३ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन