उपनिर्वाचनको परिणामप्रति रवीन्द्र मिश्रको टिप्पणी– भ्रष्टता अनुमोदन भयो | Khabarhub Khabarhub

उपनिर्वाचनको परिणामप्रति रवीन्द्र मिश्रको टिप्पणी– भ्रष्टता अनुमोदन भयो


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनको परिणामले भ्रष्टतालाई अनुमोदन गरेको बताएका छन् ।

कास्की क्षेत्र नम्बर २ को मतपरिणाम सार्वजनिजक भएपछि माइक्रो ब्लगिङ साइट ट्वीटरमा एक सन्देश लेख्दै संयोजक मिश्रले उपनिर्वाचनको मतपरिणाम चिन्ताजनक भएको समेत उल्लेख गरेका छन् ।

‘उप चुनावले साझा पार्टीले छोटो समयमा जे गर्‍यो, त्यसमा थप धेरै मेहनत गर्नुपर्ने सन्देश दिएको छ,’ मिश्रले ट्वीट गर्दै भनेका छन्, ‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।’

उपनिर्वाचनअन्तर्गत एउटा मात्रै प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा मतदान भएको थियो ।

कास्की क्षेत्र नम्बर २ का लागि पहिलेदेखि नै सक्रिय तयारीमा रहे पनि साझा पार्टीले आफ्नो जमानत समेत जोगाउन सकेन ।

४५ हजार ५ सय ४६ मत खसेको कास्की २ मा साझा पार्टीका तर्फबाट उम्मेदवार बनेकी रजनी केसीले ९ सय ४२ मत प्राप्त गरिन् ।

कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् ।

भट्टराई २४ हजार ३ सय ९४ मत ल्याउँदै विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेम राज पौडेल १५ हजार ९ सय ९१ मतमै सीमित हुन पुगे ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ८ : १० बजे

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी

खबरहब ब्रिफिङ : उपचुनाव, लगानी सम्मेलन, प्रदूषण, अवहेलना, इन्टरनेट…

काठमाडौं – यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि