‘गोलमाल ५’ को स्किृप्ट फाइनल, दोहोरिँदैछन् अजय देवगन | Khabarhub Khabarhub

‘गोलमाल ५’ को स्किृप्ट फाइनल, दोहोरिँदैछन् अजय देवगन


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अजय देवगन र रोहित सेट्टीको जोडी बलिउडमा चर्चा कमाउने जोडी बनेको छ । यी दुईले कैयन् हिट फिल्ममा काम गरेका छन् ।

यो सुपरहिट फिल्म दिने जोडीले फेरि एकपटक एकसाथ काम गर्ने भएका छन् । खबरका अनुसार ‘गोलमाल’ सिरिजको पाँचौ भाग बन्ने भएको छ । यो बलिउडको पहिलो सिरिज हो, जुन पाँच भागसम्म बन्दैछ ।

भारतीय मिडियाका अनुसार फिल्मको स्किृप्ट फाइनल भइसकेको छ । र, अब फिल्म आगामी वर्षदेखि फ्लोरमा जानेछ । फिल्ममा अजयका अलावा अरशद वारसी, तुषार कपूर, श्रेयस तलपदे, मुकेश तिवारी लगायतको पनि शीर्ष भूमिका रहनेछ ।

रोहितले यतिबेला अक्षय कुमारलाई लिएर ‘सूर्यवंशी’ बनाइरहेका छन् । यता अजयको पनि ‘तान्हाजी’ नामक फिल्म रिलिज हुँदैछ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ५ : ५८ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई