किम्फ: नेपाल पानारोमामा १४ फिल्म देखाइने | Khabarhub Khabarhub

किम्फ: नेपाल पानारोमामा १४ फिल्म देखाइने


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं अन्तर्राष्टिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा १४ वटा नेपाली फिल्म छानिएका छन् । राजधानीमा यही मसिंर २५ देखि शुरु हुने फेस्टिभलमा नेपाली पानरोमाअन्तर्गत १४ वटा फिल्म छानिएको हो ।

पाँच दिवसीय महोत्सवमा सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गोर्खास्, गणेश पाण्डेको ‘सहायक श्रीमान्’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडप छिरिङको ‘आमा खुन्डो’, सुमन सापकोटाको ‘अठारौं’ र धनराज बर्कोटेको ‘एउटा रूखको पीडा’ छनोटमा परेका छन् ।

यस्तै केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रशिश वज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रंगहीन पुतली’, ‘द कलरलेस’ र ‘तिर्खा’ पनि प्रदर्शन गरिनेछन् ।

किम्फको १७ औं संस्करणमा ६९ देशका ४ सय २७ वटा फिल्म प्राप्त भएका थिए । तीमध्ये २९ देशका ६६ वटा फिल्म प्रदर्शन गरिँदैछ ।

प्रदर्शन गरिने नेपाली फिल्ममा १७ वटा फिल्मबीच प्रतिस्पर्धा हुनेछ भने ३२ वटा फिल्म गैरप्रतिस्पर्धास्वरुप प्रदर्शन गरिनेछ ।

महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेले २ लाख जित्नेछन् । यस्तै दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले रुपैयाँ १ लाख जित्नेछन् ।

यसै गरी ‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट हुने फिक्सन र नन-फिक्सन फिल्मले क्रमशः १ लाख र ७५ हजार जित्नेछ।

यस्तै किम्फमा ‘परिवर्तित नेपाल’ शीर्षकको लघु चलचित्र प्रतियोगितामा छनोट भएका उत्कृष्ट फिल्म प्रदर्शन गरिनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ५ : ४७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र