उपनिर्वाचन अपडेट– कास्कीमा विद्याको अग्रता कायमै | Khabarhub Khabarhub

उपनिर्वाचन अपडेट– कास्कीमा विद्याको अग्रता कायमै


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाकी विद्या भट्टराईले आफ्नो अग्रता कायमै राखेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले १९ हजार १ सय ६७ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १० हजार ३ सय ६१ मत प्राप्त गरेका छन् ।

यो परिणाम अनुसार नेकपा उम्मेदवार भट्टराईको अग्रता ८ हजार ८ सय ६ रहेको छ ।

उपनिर्वाचन भएको कास्कीको निर्वाचन क्षेत्र–२ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्दछन् ।

कास्की क्षेत्र नं २ बाट निर्वाचित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त रहेको थियो ।

अघिल्लो निर्वाचनमा रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए ।

अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेको तथ्यांक छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ५ : ०९ बजे

बझाङमा एमालेले उछिन्यो कांग्रेसलाई, १० मतको अग्रता

काठमाडौं – बझाङ प्रदेशसभा १ उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, मतान्तर, ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी