संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपा विजयी | Khabarhub Khabarhub

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपा विजयी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् । शनिवार भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार तेजबहादुर पोखरेल विजयी भएका हुन् ।

नेकपाका उम्मेदवार तेजबहादुर पोखरेलले ३ हजार १८ मत पाउँदा प्रमुख विपक्षी नेपाली कांग्रेसका विमन पराजुलीले २ हजार २१६ मत पाएका थिए । पोखरेलले पराजुलीलाई ८सय२ मतले पराजित गरे ।

मकालु गाउँपालिकामा यसअघि पनि नेकपा एमालेले जितेको थियो । अध्यक्ष खड्ग कटुवालको जीप दुर्घटनामा निधन भएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ४ : ३४ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको