साढे ८२ लाखको जीवन बीमा गर्दा ३० अर्ब संकलन | Khabarhub Khabarhub

साढे ८२ लाखको जीवन बीमा गर्दा ३० अर्ब संकलन


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- चालु आर्थिक वर्षको ४ महिनामा जीवन बीमा कम्पनीहरुले ८२ लाख २३ हजार ६ सय ९८ वटा बीमालेख बिक्री गरेका छन् ।

भने, ३० अर्ब भन्दा धेरै बीमा प्रिमियम रकम संकलन गरेका छन् । गत आर्थिक वर्षको यो अवधिमा १९ वटा जीवन बीमा कम्पनीहरुले ७० लाख २७ हजार ९ सय ९२ वटा बीमालेख बिक्रीको बीमा समितिको तंथ्याकमा छ ।

गत आर्थिक वर्षमा १६ अर्ब भन्दा प्रिमियम रकम संकलन भएको समितिले जनाएको छ । गतबर्ष भन्दा कम्पनीको प्रिमियम रकम ८७ .५५ प्रतिशतले बृद्धि भएको समितिको तंथ्याकमा उल्लेख छ ।

चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल रहेको कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीले कत्तिक मसान्तसम्ममा ९ अर्ब ५९ करोड रुपैयाँको बीमाशुल्क आर्जन गर्न गरेको छ ।

त्यस्तै दोस्रोमा लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ६५ करोड रुपैयाँको बीमाशुल्क आर्जन गरेको समितिले जनाएको छ । यस्तै, तेस्रोमा भने बीमा संस्थान रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा ४ अर्ब ४२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न गरेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १ : ३८ बजे

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व