प्रहरीको सक्रियतामा चार घण्टामै अपहरणकारी पक्राउ | Khabarhub Khabarhub

प्रहरीको सक्रियतामा चार घण्टामै अपहरणकारी पक्राउ


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको डल्लुस्थित कंगेश्वरीबाट अपहरणमा परेका कृष्ण देउलालाई प्रहरीले अपहरण मुक्त गराउँदै अपहरणमा संलग्नलाई पक्राउ गरेको छ ।

विहान साढे सात बजे पक्राउ परेका देउलालाई तीन जनाको समूहमा रहेका अपहरणकारीले अपहरण गरेको सूचना प्रहरीले पाएको थियो । सूचना पाए लगत्तै सक्रिय बनेको प्रहरीले चार घण्टा वित्न नपाउँदै अपहरणकारीलाई पक्राउ गरेको छ ।

देउवा अपहरणमा परेको खबर काठमाडौं प्रहरी परिसरका प्रवक्ता एबं डिएसपी होबिन्द्र बोगटीले पाएसँगै उनले सबै क्षेत्रको प्रहरीलाई खबर गरेका थिए ।

तीन जनाको समूहले उनलाई सेतो भ्यानमा लगेको प्रत्यक्षदर्शीहरुले बताएका आधारमा प्रहरी अपहरणकारीको खोजीमा जुटेको थियो । अन्तत धादिङको खानीखोला प्रहरीले अपहरणकारीलाई नियन्त्रण गर्‍यो ।

देउलालाई अपरहण गर्न अपहरणकारीको समूह चितवनबाट काठमाडौं आएको थियो । आर्थिक लेनदेनमा समस्या भएपछि देउलालाई उनीहरुले अपरहण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकालाई काठमाडौं प्रहरी परिसर टेकु ल्याउने काम भइरहेको डिएसपी होबिन्द्र बोगटीले बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १ : ०१ बजे

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु