सुनको आयत ८० प्रतिशतले घट्यो, मंसिरमा मूल्य नबढ्ने | Khabarhub Khabarhub

सुनको आयत ८० प्रतिशतले घट्यो, मंसिरमा मूल्य नबढ्ने



काठमाडौं– सौन्दर्य र शोभाका लागि मानिसहरुले सुनका गरगहना लगाउँछन् । पछिल्ला समय मानिसहरुको सुनप्रति आकर्षण बढ्दै गइरहेको छ ।

विशेषगरी महिला दिदीबहिनीहरुले चाडपर्व बिहे ब्रतबन्ध लगायतका समयमा सुन बनाउने गर्छन् । एकअर्कालाई सुन उपहार स्वरुप दिने प्रचलन समेत बढिरहेको छ । नेपाली बजारमा दैनिक २५ किलो सुनको माग रहेको छ ।

गहनालाई धनसम्पत्ति सञ्चयको राम्रो माध्यम ठानिन्छ । सौन्दर्य निखार्ने हुँदा विशेषत् महिलाले गरगहनालाई दैनिक प्रयोगमा ल्याउँछन् । समयसँगै नयाँ डिजाइन र सुपथ मुल्यका गहना बनाउन सकिने भएपछि गरगहनामा आकर्षण झनै बढेको छ ।

गरगहनाप्रति नेपालीहरुको आकर्षण बढ्दै गएपनि पछिल्लो समय सुनको आयत भने घट्दै गइरहेको छ ।

८० प्रतिशतले घट्यो आयत

चालु आर्थिक वर्षको चार महिना (साउन, भदौ, असोज, कार्तिक) मा सुनको आयत ८० प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्ष सुरुवाती चार महिनामा २ हजार ५ सय १७ किलो सुनको आयत भएको थियो । तर चालु आर्थिक वर्षको चार महिनामा ५ सय १९ किलो मात्र सुन आयत भएको भन्सार विभागले जनाएको छ ।

यसलाई रकममा हेर्दा गत वर्षका चार महिनामा ११ अर्ब २६ करोड ६१ लाख रुपैयाँको सुन आयत भएको थियो भने यसवर्ष २ अर्ब ८० करोड ५ लाख रुपैयाँको सुन आयत भएको छ ।

तथ्याङ्कअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको चार महिनामा ७९ दशमलव ३६ प्रतिशतले आयत घटेको छ ।

३ महिनासम्म सुन आयत ठप्प

साउन भदौ र असोज महिनाभरी सुनको आयत ठप्प भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चीन र अमेरिकाबिचको व्यापार युद्धका कारण लगातार सुनको मुल्य बढेको र सुन आयत नै बन्द भएको महासंघका पुर्वअध्यक्ष तेजरत्न शाक्यले खबरहबलाई जानकारी दिए ।

‘मुल्यको प्रभाव एसियन र युरोपियन दुबै देशमा पर्न गयो’ शाक्यले भने ‘त्यसकारण सुरुका ३ महिना त सुन आयत बन्द भयो ।’

ठप्प भएको सुनको आयत कार्तिक महिनाबाट सुचारु भएको उनले बताए । ‘कार्तिकबाट सुनको आयत हुन थालेको हो’ खबरहबसँग कुरा गर्दै उनले भने ‘आयत भएसँगै तिहारमा सुनको कारोवार पनि राम्रै भयो ।’

‘गत वर्ष सुनको माग अत्याधिक थियो सुनको माग पुरा गर्न कठिन भइरहेको थियो’ गत वर्षको तुलनामा ८० प्रतिशतले आयत घट्नुमा शाक्य भन्छन्, ‘यस वर्ष लगातार सुनको मुल्य उकालो लागेको भएर पनि आयत घटेको देखाएको हो ।’

गत महिनाहरुमा भारतको जम्भू कश्मीर विवादका कारण पनि नेपाली बजार प्रभावित बनेको शाक्यको भनाइ छ । त्यहँँ आन्दोलन भइरहँदा अमेरिकी डलरको तुलनामा भारतीय रुपैँया कमजोर हुन गएको थियो ।

नेपाल बजारको मागअनुसार प्रत्येक महिना ६ सय किलोसम्म सुन मगाउन सकिन्छ । उनकाअनुसार चालुआर्थिक वर्षको पाँचौ महिनासम्म ३० किलो सुन आइसक्नुपर्ने हो ।

तिहारमा मात्र ७ अर्बको कारोबार

महासंघकाअनुसार यसवर्षको तिहारमा १० अर्बको रुपैयाँको सुनचाँदीको कारोवार भएको थियो । कार्तिकमा आयत खुलेसँगै सुन नेपाल भित्रिएको र तिहारमा राम्रो कारोवार भएको शाक्यले बताए ।

तिहारमा लक्ष्मी पुजाका दिन सबैभन्दा धेरै सुन र चाँदीको कारोबार भएको थियो । व्यवसायीले त्यस दिन सिक्री, सुन र चाँदीका सिक्का पैसा, बाला अम्खरालगायतका सामान धेरै किनेका थिए ।

‘एकातिर ठप्प भएको सुनको आयत खुल्यो अर्कातिर तीज र दशैंमा समेत सुस्ताएको बजार तिहारमा राम्रो भयो’ शाक्यले भने ‘कार्तिक पछि सुनको कारोवार राम्रै भइरहेको छ ।’

सन् २०२० मा सुनको मुल्य बढ्ने सम्भावाना

केही दिनयता सुनको मुल्य स्थिर छ । नेपाली बजारमा सुन ७१ हजार रुपैयाँमा कारोवार भइरहेको छ । महासंघकाअनुसार मंसिर महिनामा सुनको मुल्य नबढ्ने भएको छ ।

‘अहिले १४ सय ५६ डलर मात्र रहेको छ’ शाक्यले भने, ‘२०२० मा १६ सय डलरको रेन्चमा अनुमान आइरहेको छ ।’

चीन र अमेरिकाको सम्बन्धमा सुधार आएमा सुनको मुल्य सुनको मुल्य घट्ने अनुमान महासंघले गरेको छ । यद्यपी सम्बन्धमा सुधार नआएमा सुनको मुल्यमा वृद्धि हुने शाक्यले जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १२ : ३२ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने