अयोध्याबारे ओलीको अभिव्यक्ति आस्थामाथिको खेलबाड : भाजपा | Khabarhub Khabarhub

अयोध्याबारे ओलीको अभिव्यक्ति आस्थामाथिको खेलबाड : भाजपा


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ भारतीय जनता पार्टी (भाजपाले) नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आस्थामाथि खेलबाड नगर्न चेतावनी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र भगवान राम भारतका थिएनन् भन्दै दिएको अभिव्यक्तिप्रति सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले रामको आस्थामाथिको खेलबाड भन्दै निन्दा गरेको छ ।

भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने पनि बताए । ओलीको आलोचना गर्दै शास्त्रीले भनेका छन्, ‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलवाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही होस् ।’

भारतीय समाचार संस्था पीटिआईको समाचारमा उक्त अभिव्यक्तिलाई ‘राजनीतिक विवाद उक्साउने’ भन्दै भारतलाई ‘चोट पुर्‍याउने आश्चर्यजनक कदम’ भनिएको छ।

सोही समाचारमा जनाइए अनुसार सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेको बीबीसी नेपाली न्यूजले जनाएको छ ।

सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।

ओलीको उक्त अभिव्यक्तिपछि भारतीय सन्चारमाध्यम पीटीआईले नेपालका प्रधानमन्त्री ओलीको भनाइ आश्चर्यजनक र स्तब्ध पार्ने खालको भनेको छ । ओलीको सो अभिव्यक्तिपछि नेपालभित्रै पनि ओलीको आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : ४२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड