मैले सन्यासको घोषणा गरेको छैन– क्रिस गेल | Khabarhub Khabarhub

मैले सन्यासको घोषणा गरेको छैन– क्रिस गेल


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यारेबियन टोली वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले आफूले सन्यासको घोषणा नगरेको बताएका छन् ।

भारतविरुद्धको खेलमा ६ विकेटले हार व्यहोरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आफूले सन्यासको घोषणा नगरेको बताएका हुन् ।
‘मैले कुनै सन्यासको घोषणा गरेको छैन,’ गेलले भनेका छन् ।

यस्तै, वेष्ट इन्डिजका कप्तान जसन होल्डरले पनि गेलले सन्यास नलिएको बताएका छन् । उनले भने,‘मलाई जानकारी भएसम्म गेलले सन्यास लिएका छैनन् ।’

यसअघि इंग्ल्यान्डमा सम्पन्न विश्वकप क्रिकेट पछि एकदिवसिय क्रिकेटबाट सन्यास लिने बताएका गेलले इंग्ल्यान्डमा मिडियासँग बोल्दै भारतविरुद्धको एकदिवसीय शृङ्खलापछि सन्यासबारे सोच्ने बताएका थिए ।

यस्तै, भारतविरुद्धको शृङ्खलाको अन्तिम खेलमा विष्फोटक ब्याटिङ गर्दै ४१ बलमा ७२ रन बनाएका उनले एकदिपसीय क्रिकेटबाट सन्यास लिएको अनुमान गरिएको थियो ।

जसमा उनले नियमित लगाउने जर्सिभन्दा फरक जर्सि लगाएपछि उनले सन्यास लिएको हुनसक्ने विश्लेषण भएको थियो । उनले ४५ नम्बरको जर्सि लगाउँथे भने बुधबारको खेलमा ३०१ नम्बरको जर्सि लगाएका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ८ : ०४ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई