जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ बेपत्ता « Khabarhub

जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ बेपत्ता


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता छन्।

सोमबार कान्तो क्षेत्रमा परेको अत्यधिक वर्षाले टोकियो आसपासका विभिन्न स्थानमा बाढी र पहिरो आएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार चिबा प्रिफेक्चरमा मात्रै छ जनाको मृत्यु भएको छ।

मृतकमध्ये ५० वर्ष आसपासका एक पुरुष पहिरोले थुपारेको माटो र भग्नावशेष हटाउने क्रममा भारी मेसिन सञ्चालन गरिरहेका बेला बाँसघारीमा खसेर मृत्यु भएको जनाइएको छ। त्यस्तै, बाढीमा डुबेको एउटा सवारीसाधनभित्र एक पुरुषको शव फेला परेको छ।

कानागावा प्रिफेक्चरमा तीन जनाको मृत्यु भएको छ। तीमध्ये ६० वर्ष आसपासकी एक महिलाको घरमा पहिरो खस्दा माटोले घर पुरिएपछि मृत्यु भएको बताइएको छ। बेपत्ता चार जनाको खोजी तथा उद्धारका लागि प्रहरी र अग्निनियन्त्रकहरूले अभियान जारी राखेका छन्।

टाइफुन डुजुआन सोमबार जापानको पूर्वी प्रशान्त तटीय क्षेत्रमा पुगेपछि कान्तो क्षेत्र र इजु द्वीपसमूहमा रेकर्डस्तरको वर्षा भएको थियो। भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदीमा बाढी आएपछि टोकियो आसपासका क्षेत्र प्रभावित भएका छन्।

चिबा, कानागावा र इबाराकी प्रिफेक्चरमा हालसम्म ५०० भन्दा बढी भवन ध्वस्त, क्षतिग्रस्त वा बाढीबाट प्रभावित भएका छन्। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार चिबा र कानागावा प्रिफेक्चरका २४ हजार ७०० भन्दा बढी घरपरिवार विद्युत्विहीन रहेका छन्।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १ : ३५ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग