झडपमा घाइते भएका युवकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो | Khabarhub Khabarhub

झडपमा घाइते भएका युवकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– रुकुम पश्चिमको आठबीसकोटमा झडपमा घाइते भएका युवकलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ । आज आइतबार दिउँसो आठबीसकोट नगरपालिका ९ राडी बजारमा भएको झडपमा घाइते भएका आठबीसकोट ११ का निलकमल शाहलाई हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार राडी बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका शाह र अन्य दुई युवाबीच आइतबार दिउँसो ४ बजेतिर झडप भएको हो । घाइते शाहलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० विष्णुप्रसाद सोतीले जानकारी दिए । उनका अनुसार शाहको टाउकोमा गम्भीर चोट लागेको छ । आठबीसकोटको नगर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि शाहलाई सुर्खेत पठाइएको हो ।

शाहलाई आक्रमण गरेको आरोप लागेका आठबीसकोट ९ का २१ वर्षीय पवन बटाला र २३ वर्षीय हरि केसी फरार रहेका डीएसपी सोतीले बताए । व्यक्तिगत कारणले झडप भएको बताइए पनि घटनाको वास्तविक कारण खुल्न सकेको छैन । फरारहरूको खोजी र घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी सोतीले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : १६ बजे

जसपा नेपालबाट अलग भएका सात सांसदविरुद्धको रिटमा आज पेसी

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतमा दायर गरेको

काठमाडौंमा हावाहुरीसहितको वर्षा

काठमाडौं– काठमाडौँमा हावाहुरीसहितको वर्षा भएको छ । आज बिहानैबाट काठमाडौँका

आईपिएलका रोचक ‘कम ब्याक’: चर्चामा कोहली

रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी)को शानदार ‘कम ब्याक’ यस आईपिएलको मुख्य

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।