खोटाङ भूकम्प अपडेट : केही घरमा क्षति, विवरण संकलन जारी | Khabarhub Khabarhub

खोटाङ भूकम्प अपडेट : केही घरमा क्षति, विवरण संकलन जारी


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण संकलन भइरहेको छ ।

हालसम्म जनधनको क्षति भएको जानकारी नआएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले जानकारी दिएका छन्। मात्तिमविर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको जानकारी आएको वडाध्यक्ष जीवन न्यौपानेले बताए।

हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले वडा कार्यालयमार्फत क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरेकी छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको वडाध्यक्ष कमल गिरीले बताए ।

भूकम्पका कारण स्थानीय अत्तालिँदै घर बाहिर निस्केका थिए । पटक–पटक पराकम्पन आएपछि नागरिकमा त्रसित भएका छन् । आज बिहान ८ बजेर १४ मिनेटमा खोटाङको मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ११ : २६ बजे

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता