तीन हजार बढी सवारी चालक कारबाहीमा | Khabarhub Khabarhub

तीन हजार बढी सवारी चालक कारबाहीमा


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेका हुन् ।

कार्यालयका अनुसार कारबाही पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरूप परिवर्तन गर्ने ६८ र अन्य विभिन्नमा दुई हजार दुई सय १३ चालक रहेका छन् ।

कार्यालयले ट्राफिक नियमको पालना गरी सवारीसाधन चलाउन सबैलाई आह्वानसमेत गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १२ : १४ बजे

आफ्नो पासवर्डलाई बलियो कसरी बनाउने ?

काठमाडौं– हामी सबै प्रविधि मैत्री भएका छौ । हामीले प्रयोग

मन्त्रिपरिषदले पारित गर्‍याे नीति तथा कार्यक्रम

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम

क्रिकेटर लामिछानेको मुद्दा न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासमा

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको सुनुवाईको

सुनको मूल्य घट्यो कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको

कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं– नेपाली कांग्रेसले सरकारले आज संसदमा प्रस्तुत गर्न लागेको आगामी