स्थानीय निर्वाचनले अब एमालेले बहुमत ल्याउने स्पष्ट चित्र कोरेको छ: केपी ओली | Khabarhub Khabarhub

स्थानीय निर्वाचनले अब एमालेले बहुमत ल्याउने स्पष्ट चित्र कोरेको छ: केपी ओली


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन परिणामले अब हुने निर्वाचनमा पार्टीले बहुमत ल्याउने स्पष्ट चित्र कोरेको बताएका छन् ।

पार्टीको प्रचार तथा प्रकाशन विभागको २०७९ असार १६ गते बसेको बैठकमा अध्यक्ष ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू योजनाबद्धरूपमा एमालेविरूद्ध एक हुँदा पनि लोकप्रिय मतमा पार्टी पहिलो भएको बताए ।

उनले स्थानीय तहको निर्वाचनमा निर्वाचित सिटसंख्या केही कम आएकोमा भन्दा आफूलाई पार्टीभित्र देखिएको प्रवृत्तिले चिन्तित बनाएको बताए । अध्यक्ष ओलीले पार्टीभित्रको डरलाग्दो प्रवृत्तिको उपचार आगामी निर्वाचन अघि नै खोजिने छ भने ।

बैठकमा अध्यक्ष ओलीले स्थानीय निर्वाचनको समग्र पाटोको चर्चा गर्दै १५० पालिकाका प्रमुख पद पार्टीभित्रको अन्तर्घातका कारण गुमाउनु परेको तथ्य राखेका थिए ।

अध्यक्ष ओलीले भने– यसपटकको चुनावमा प्रशासनिक धाँधलीले सीमा नाघ्यो । प्रहरी प्रशासन यति धेरै दुरूपयोग गरियो कि २०१५ सालदेखि हालसम्मको चुनावमा यति धेरै दुरूपयोग कहिल्यै भएको थिएन ।

उनले अगाडि थपे–मतको आधारमा एमाले नै पहिलो पार्टी बनेको छ, काँग्रेस दोस्रोे । यो तथ्य जनताले नबुझुन् भनेर प्रतिक्रियावादी र गठबन्धनका मान्छेहरू एमालेलाई हरायौं भनिरहेका छन् ।

अध्यक्ष ओलीले बैठक अघि स्थानीय तह निर्वाचनमा विभागको कार्ययोजना बमोजिम प्रचारको काममा सहयोग गर्नुहुनेहरूलाई धन्यवाद पत्र प्रदान गरे ।

बैठकमा विभागद्वारा प्रस्तुत आठबुँदे कार्ययोजना पारित गरिएको छ ।

अध्यक्ष ओलीले कार्ययोजना राम्रो रहेको र प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान निर्देशन समेत दिए ।

पार्टीका उपमहासचिव तथा विभागका प्रमुख पृथ्वीसुब्बा गुरूङको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा प्रतिवेदन र विभागको कार्ययोजना पारित गरेको केन्द्रीय कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग उपप्रमुख बिष्णु रिजालले बताए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ११ : २८ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ