सम्झनामा 'ऋषि'  | Khabarhub Khabarhub

सम्झनामा ‘ऋषि’ 



सन् २०२० को अप्रिलको अन्तिम दुई दिनमा बलिउडले दुई ठूला अभिनेता गुमाएको थियो। २९ तारिखमा इरफान खान र ३० तारिखमा ऋषि कपूर । अर्थात दुई वर्ष अगाडि आजकै दिन ६७ वर्षीय ऋषिले संसार छाडेका थिए । अभिनयलाई बुलन्द बनाउने ऋषि बलिउड मात्र होइन, विश्वभर रहेका कलाप्रेमीको सम्झनामा छन् ।

फिल्मनगरीमा झन्डै ५ दशकको यात्रा गरेका ऋषिले ‘बबी’ मार्फत आफूलाई बलिउडमा स्थापित गरेका थिए । यद्यपि उनी पर्दामा पहिलो पटक फिल्म ‘श्री ४२०’ को प्यार हुआ बोलको गीतमा बालकलाकारको रुपमा देखिएका थिए । उक्त समयमा उनी केवल ३ वर्षका थिए । गीतमा राज कपूर र नरगिस थिइन् । ऋषिलाई नरगिसले अभिनयको लागि मनाएकी थिइन् ।

दृश्य गर्न नसकिरहेका ऋषिकै कारण छायांकन रोकिएको थियो । उनले आँखा खोलेर पानी हेर्न सकिरहेका थिएनन् । तर , नरगिसले उनलाई चकलेट अफर गरिन् । त्यसपछि ऋषि तयार भए । त्यसपछि ऋषिलाई ‘मेरा नाम जोकर’ मा देखियो । उनले आफ्नै पिताको बाल्यकालको भूमिका निर्वाह गरेका थिए । त्यसपछि ऋषिले आफ्नो अभिनय यात्रालाई निरन्तर रुपमा अगाडि बढाउन सफल भए ।

चिन्टु भनेर बलाइन्थ्यो ऋषिलाई

ऋषि सानो छँदा नै उनका ठूलो दाइ रणधीर कपूरले एक कविता सुनाएका थिए । जहाँ चिन्टुको धेरै चर्चा गरिएको थियो। त्यसपछि ऋषिको नाम नै चिन्टु राखियो । उनलाई घरमा यसै नामले बोलाउने गरिन्थ्यो । त्यसपछि उनी फिल्ममा आउँदा पनि सानो देखि नै अधिकांशसँग परिचित थिए । त्यसैले गर्दा उनलाई यहि नामले बोलाउन थालियो । त्यसो त उनी अभिनयमा आउनुको श्रेय आफ्नो पढाइको असफलतालाई दिन्छन् । उनी कक्षा ११ मा फेल भएका थिए । त्यसपछि उनी अतिरिक्त अध्ययनका लागि बाहिर गएनन् । परिवारनै फिल्मी भएकोले उनले फिल्ममै निरन्तरता दिए ।

अटोग्राफ प्राक्टिस

ऋषिले गीतमा अभिनय गरेपछि उनलाई ‘मेरा नाम जोकर’ मा अभिनय गर्ने अवसर मिल्यो । उनकै पिता राज कपूरको बाल्यकालको भूमिका उनले निर्वाह गर्ने पर्ने थियो । एक दिन खाना खादै गर्दा राजले पत्नी कृष्णासँग सोधे । ‘मेरो जुनियर रोलमा चिन्टूलाई लिउ जस्तो लागिरहेको छ , तिमी के भन्छौ’ यो सुन्ने वितिकै ऋषि खुसी भए । र, खाना सकाएर आफ्नो रुम लागे ।

यद्यपि ऋषिको आमाले भने अध्ययनलाई लिएर केही प्रश्न राखिन् र फिल्ममा अभिनय गर्न दिनेमा सहमत भइन । यता ऋषि रुममा पुगेर स्टडी टेबलमा आफ्नो अटोग्राफ प्राक्टिस गरिरहेका थिए । उनी निकै खुसी थिए , फिल्म गर्दैछु भन्ने सोचेर । बाल्यकालमा जब उनलाई पिटाइ लाग्थ्यो , उनी ऐना अगाडी गएर रुन्थे र हेर्थे कस्तो देखिन्छु भनेर । उनले सानै देखि आफूमा कलाकारिता देखिरहेका थिए ।

पितालाई साहब भन्थे

ऋषिका पिता थिए राज कपूर । तर , उनले सम्बोधन गर्दा राज साहब भन्ने गर्थे । अन्तर्वार्ता होस् या अन्य स्थानमा सम्बोधनमा ‘साहब’ नै भन्ने गरेका छन् । यसको सुरुवात फिल्म ‘मेरा नाम जोकर’ मार्फत भएको थियो । ऋषिले उक्त फिल्ममा राज कपूरको बाल्यकालको भूमिका निर्वाह गरेका थिए । त्यहाँ सेटमा सबैले राजलाई साहब भन्थे ।

ऋषिकै साथी राहुल रवेल त्यहीँ सेटमा निर्देशकको टिममा थिए । उनले पनि साहब भनेर नै सम्बोधन गर्थे । सबैले साहब भन्न थालेपछि ऋषिलाई पिता भन्न अप्ठेरै लाग्यो । उनले पनि ‘राज साहब’ भन्ने थाले । त्यसपछि ऋषिले गरे फिल्म ‘बबी’ त्यहाँ पनि उनले ‘साहब’ नै भन्न थाले । त्यसपछि उनले राज कपूरलाई ‘राज साहब’ नै भन्थे, भेटमा होस् या मिडियामा ।

नीतुसँगको सामीप्यता

ऋषिकी पत्नी हुन् नीतु कपूर । ऋषिले केही फिल्ममा नीतुसँग काम गरेका छन् । फिल्ममै काम गर्ने क्रममा यी दुई नजिकिएका थिए । ‘बबी’ मा डिम्पल कपाडियासँग काम गरेका ऋषिले त्यसपछि नयाँ अनुहारहरुसँग काम गरे । रेखा, हेमा मालिनी, जया पर्दा, जिन्नत लगायतका अभिनेत्रीहरूसँग उनले काम गर्ने अवस्था थिएन । त्यसले उनले नयाँ अनुहारसँग जोडी मिलाए ।

‘बबी’ रिलिज हुनु अगाडि नै डिम्पल कपाडियाको विवाह भएपछि ऋषिसँग कमै अप्सन थियो । नीतु र मौसमी चटर्जीसँग उनले आफ्नो जोडी फिट हुने थाहा थियो । उनले नीतुसँग ११ फिल्ममा काम गरेका थिए । तर, नीतु र ऋषि एक फिल्मको छायांकनको क्रममा नजिकिएका थिए ।  छायांकनको समयमा ऋषिको गर्लफ्रेन्डसँग ब्रेकअप भएको थियो । ब्रेकअप भएपछि ऋषि निकै दुखी थिए । उनले फिल्मको छायांकन त गरिरहेका थिए तर, भित्रबाट निकै तनावमा थिए । ऋषिले प्रेमलाई फर्काउन निकै मेहनत गरेका थिए । तर, उनको प्रेमिकाले फिल्मनगरी छाड्नु भनेकी थिइन् । यद्यपि उनी यस्तो गर्न सक्थिएनन् । ऋषिलाई पीडामा देखेर नीतुले निकै मदत गरिन् ।

त्यसपछि ऋषि अन्तै छायांकनमा पुग्दा नीतुलाई ‘टेलिग्राम’ मार्फत संदेश पठाउन थाले । यी दुईले फिल्महरुसँगै गर्न थाले । तर , ऋषिले नत नीतुलाई प्रेम गर्छु भने नत परिवारलाई विवाह गर्छु भने । यद्दपी यो सब उनको दिदीलाई थाहा थियो । त्यसैले ऋषि सहभागी हुने एक पारिवारिक इभेन्टमा सरप्राइज प्लान गर्दै उनको दिदीले नीतुसँग इन्गेजमेन्ट गरी दिइन् ।

लभर ब्वाईबाट विश्राम

‘बबी’ मार्फत सुरु भएको ऋषिको लभर ब्वाईको इमेज झन्डै २५ वर्षसम्म चल्यो । उनले गीत गाउने र हिरोइनको लागि लड्ने अभिनय गरे । यो भूमिका निर्वाह गर्दा गर्दै उनले आफ्नो अभिनय भने देखाउन पाएनन् । जतिबेला तिन खानहरू आमिर, शाहरुख र सलमानको इन्ट्री हुँदै थियो । उनले आफ्नो वजन बढाएर आफूलाई हिरो भन्दा पनि अभिनेताको रुपमा चिनाउन तर्फ लागे ।

उनले आफ्नो अन्त्य कुनै प्रोड्युसरको अफिस बन्द गरेर नहोस् भन्ने चाहन्थे । त्यही अनुरुप उनले आफूलाई परिमार्जित गरे । फलत उनले हिरोको छविलाई हटाएर अभिनय तर्फ मोडिए । त्यसपछि उनले केही फिल्ममा कमेडी गरे, खलनायकको भूमिका निर्वाह गरे, सहायक अभिनेताको रुपमा काम गरे । पछिल्लो समय उनले ‘अग्निपथ’ को रीमेकमा निर्वाह गरेको रौफललाको भूमिकाको निकै चर्चा भयो । ऋषिको अभिनय रहेको अन्तिम फिल्म ‘शर्माजी नम्किन’ रिलिज भइसकेको छ ।

फिल्ममा उनले रिटायर्ड लाइफमा परिवार र समाजसँग खोज्ने माया र साथ् नपाउँदा आउने अवस्थालाई दर्साउन खोजेका छन् । छायांकनकै क्रममा ऋषिले संसार छाडेको कारण उनको बाँकी काम परेश रावलले पुरा गरेका छन् । फिल्मको एक दृश्यमा ऋषि छन् त अर्कोमा परेश ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  २ : २१ बजे

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको

६ हजार सात सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं – सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

कार्यान्वयनमुखी बजेट ल्याउन वित्त आयोगको सुझाव

काठमाडौं – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट

राजनीति देश र जनताका लागि हुनुपर्छ : धनराज गुरुङ

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश