उत्तरी अफगानिस्तानमा तालिबानविरुद्ध प्रदर्शन | Khabarhub Khabarhub

उत्तरी अफगानिस्तानमा तालिबानविरुद्ध प्रदर्शन


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तरी अफगानिस्तानमा तालिबानविरुद्ध प्रदर्शन भएको छ । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा स्थानीयहरुले तालिबानविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले केही घण्टासम्म बाघलानलाई बाल्खसँग जोड्ने महत्वपूर्ण राजमार्ग समेत गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । तालिबानको दमन र स्थानीयहरुलाई पक्राउ गर्ने तालिबानको कदमको विरोधमा प्रदर्शन गरिएको बताइएको छ ।

गत वर्षको अगष्ट महिनामा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा मानव अधिकारको अवस्था अझ विकराल बन्दै गइरहेको एएनआईले जनाएको छ ।

त्यहाँ लडाइ बन्द भएपनि सत्तामा आएको तालिबानले गैरन्यायिक हत्या, जबरजस्ती बेपत्ता, यातना, महिलालाई शिक्षाबाट बञ्चित गर्नेजस्ता मानव अधिकार उल्लङ्घनका घटनामा बढोत्तरी भइरहेको बताइएको छ ।

यसबाहेक अफगानिस्तानले अहिले चरम आर्थिक संकटको पनि सामना गरिरहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : २७ बजे

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका

प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु

दोलखा – प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा

अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ। जिल्लाको

सफा हिमाल अभियान दुई मानव शव सङ्कलन

काठमाडौं – नेपाली सेनाको अगुवाइमा सञ्चालन भई रहेको सफा हिमाल