चुनावको मिति घोषणा गर्न माग गर्दै अनेरास्वियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा | Khabarhub Khabarhub

चुनावको मिति घोषणा गर्न माग गर्दै अनेरास्वियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आइतबार संगठनकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै समयमै निष्पक्ष निर्वाचनको सुनिश्चितताको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् । आफूहरुको माग पूरा नभए लाखौँ विधार्थीलाई सडकमा उतार्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

संगठनले माघ १७ गते देशैभरिका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालय मार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गराउने कार्यक्रम सार्वजनिक गरेको छ ।

अधिकतम २५ जनासम्म जम्मा भएर तत्काल निर्वाचन गर्न दबाब दिन क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने कार्यक्रम तय गरिएको विज्ञप्तिमा जनाइएको छ ।

माघ १८ गतेसम्म निर्वाचन घोषणा नगरे प्रतिकात्मक रूपमा सरकारका मन्त्रीहरू सहभागी कार्यक्रममा कालो झण्डा देखाइने विज्ञप्तिमा भनिएको छ । अनेरास्ववियुले माघ १९ गते काठमाडौं र प्रदेश राजधानीहरूमा कानूनविद्हरूसँग सडक बहस गर्ने बताएको छ ।

 

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ७ : ५५ बजे

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका पहिलो बिरामीको निधन

वासिङ्टन – आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण प्राप्त गर्ने पहिलो

धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र जापानस्थित सरोमा सिटी (नगर),

उपेन्द्रलाई बिदा गरेर रञ्जिता र महन्थलाई भित्र्याउने प्रचण्डको तयारी

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हटाएर नागरिक उन्मुक्ति

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बनदेउ चौतारा सडकको जल्केनीमा मोटसाइकल दुर्घटना हुँदा

राष्ट्रिय नाचघरमा ‘माटोको गीत’

काठमाडौं – देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको