चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन | Khabarhub Khabarhub

चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन छ । अहेब सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मीविहीन रहेको तनहुँ कारागारले जनाएको छ ।

रिक्त पदमा जनशक्ति पूर्ति हुन नसक्दा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

लामो समय स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको सामान्य उपचारमा समस्या भएको उनले बताए । “कैदीबन्दी सामान्य बिरामी हुँदा अहिले उपचारका लागि दमौली अस्पताल लैजानुपर्ने बाध्यता छ”, उनले भने, “बाहिरबाट सवारी मगाएर कैदीबन्दीलाई अस्पतालसम्म पु¥याउनुपर्छ । यो कार्यमा जोखिम छ ।”

सुरक्षाका दृष्टिकोणले कैदीबन्दीलाई उपचारका लागि लैजाँदा हातमा हतकडी लगाउनुपर्ने भए पनि बाहिरी जनमानसमा चिनिने लाजले उनीहरू रोग लुकाएर बस्ने अवस्था रहेको जनाइएको छ ।

रिक्त रहेको अहेबको पदपूर्तिका लागि लोकसेवा आयोगमा लेखी पठाइएको निमित्त जेलर अधिकारीले जानकारी दिए । अब छिट्टै उक्त पद पदपूर्ति हुनेमा आफूहरू आशावादी भएको उनले बताए ।

तनहुँ कारागारमा अहिले ११ महिला र ब्लक ‘ए’ मा ६३ कैदी र ५५ थुनुवा, ब्लक ‘बि’ मा ६१ कैदी र ८६ थुनुवा, ब्लक ‘सि’ मा १० कैदी र ६ थुनुवा गरी २८१ जना पुरुष कैदीबन्दी रहेका छन् ।

एक सय ३५ क्षमताको पुरुष कारागारमा दोब्बरभन्दा बढी कैदीबन्दी राख्नुपर्दा गर्मी मौसममा सरुवा रोगदेखि विभिन्न किसिमका समस्या झेल्दै आएको कारागारले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ७ : ५४ बजे

हिसान काठमाडौंले ‘दोस्रो हिसान म्याराथुन–२०२४’ आयोजना  गर्ने

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौँ

रविविरुद्धको मुद्दालाई अग्राधिकार, सर्वोच्चले कास्की प्रहरीमा दर्ता जाहेरी झिकायो

काठमाडौं– सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई अग्राधिकार

ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्णय सर्वोच्चले रोक्यो

काठमाडौं– ट्राफिक नियम मिच्नेलाई  स्वयंसेवक बनाएर सडकमा खटाउने उपप्रधान तथा

उदयपुरका सबै सहकारी पीडितहरू एकै ठाउँमा, आन्दोलनको तयारी

काठमाडौं– सर्वसाधारणको बचत अपचलन गरेर सम्पर्क विहीन भएको भन्दै ग्रेस

हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको क्षति

काठमाडौं– शुक्रबार र शनिबार आएको हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको