विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण हुने | Khabarhub Khabarhub

विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण हुने


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रदेश नं १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण गरिने भएको छ ।

प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विराटनगरमा लिखित तथा प्रयोगात्मक परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिए । विराटनगरका सेवाग्राहीले यसअघि सुनसरीको इटहरीबाट सवारी चालक अनुमतिपत्र लिने गरेका थिए ।

यातायात व्यवस्था सेवा कार्यालयल विराटनगर–४ मा सवारी चालक अनुमतिपत्र लिनका लागि अनलाइन फाराम भर्ने कार्य सुरु गरिएको मन्त्री घिमिरेले बताए । कार्यालयले आगामी एक हप्ताभित्र लिखित र प्रयोगात्मक परीक्षा लिने व्यवस्था मिलाएको छ ।

प्रदेशमा सुनसरीको इटहरी, झापाको विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट चालक अनुमतिपत्र वितरण गर्ने गरिन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ११ : ०० बजे

मदन-आश्रितलाई सम्झिँदै ओलीले भने : दासढुंगा घटना प्रकरण निक्कै रहस्यपूर्ण थियो

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको काममा अब

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो

लिङ्देनको सुझाव : संसद् खोल्न समिति बनाऊँ, गृहमन्त्रीको राजीनामा पछिको कुरा हो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र

चितवन निकुञ्जका जनावरको आक्रमणबाट सात जनाको मृत्यु

चितवन– जंगली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ ।

अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना

काठमाडौं- गत २९ बैशाखदेखि अनसन सुरु गरेका डा. गोविन्द केसीको