मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न ६ जना पक्राउ | Khabarhub Khabarhub

मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न ६ जना पक्राउ


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा मोटरसाइकल र स्कुटर चोरीका घटनामा युवाहरू बढी संलग्न भएको पाइएको छ । प्रहरीले मोटरसाइकल तथा स्कुटर चोरी गरी बिक्री तथा खरिद गरेको आरोपमा २२ देखि ३१ वर्ष उमेर समूहका विभिन्न ६ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट चोरी भएका चार मोटरसाइकल र एक स्कुटरसहित आरोपितलाई प्रहरीले पक्राउ गरेको हो ।

पछिल्लो समय जिल्लामा मोटरसाइकल र स्कुटर चोरीको घटना बढेपछि चितवन प्रहरीले निगरानी बढाएको थियो ।  मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरी बिक्री गर्ने गरेको आरोपमा भरतपुर महानगरपालिका–१६ घर भई हाल भरतपुर–११ बस्ने २२ वर्षीय सङ्कल्प पनेरु र बागलुङ जिल्ला जैमिनी नगरपालिका–८ घर भई भरतपुर–११ बस्ने २४ वर्षीय जीवन पौडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

उनीहरूलाई भरतपुर–९ स्थित डेरामा चोरी गरी ल्याएको ना ५६ प ७६४६ नम्बरको बुलेट मोटरसाइकल, ग २२ प ६६९३ नम्बरलाई परिवर्तन गरी बा प्र ०३ ००१ प ८९५ को नम्बर प्लेट लगाइएको अवस्थाको क्रसफायर मोटरसाइकलसहित पक्राउ गरिएको उनले बताए ।  प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूले १२ असारमा पुरानो मेडिकल कलेज अगाडिबाट चोरी गरेको उक्त क्रसफायर मोटरसाइकल माडी नगरपालिका–९ बस्ने ३१ वर्षीय विजय दुरालाई ६० हजार रुपैयाँमा बिक्री गरेकाका थिए । दुरालाई नगद ३६ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको उनको भनाइ छ ।

उनै व्यक्तिहरूले ९ असारमा भरतपुर अस्पतालबाट चोरी गरेको प्रदेश ३–०४ प ४७१८ नम्बरलाई प्रदेश ३–०३–००१ प २८८८ नम्बरमा परिवर्तन गरी भरतपुर–२४ बस्ने २५ वर्षीय जनमराज पुरी र मकवानपुर मनहरी गाउँपालिका–३ घर भई भरतपुर–२४ बस्ने २१ वर्षीय सुशील पुरीलाई बिक्री गरेका थिए । जनमराज र सुशीललाई उक्त मोटरसाइकलसहित भरतपुर–२४ बाट पक्राउ गरिएको अधिकारीले बताए । त्यस्तै, २ असारमा भरतपुर–२ क्षेत्रपुर स्थितबाट चोरी भएको प्रदेश ३–०३–००१ प ५११० नम्बरको स्कुटरको खोजतलास गर्ने क्रममा उक्त स्कुटरको नम्बर परिवर्तन गरी प्रदेश २–०११–००२ प ६०२५ नम्बरको प्लेट लगाई स्कुटरको रङसमेत परिवर्तन गरिएको अवस्थामा बारा पर्सौनी गाउँपालिका–१ घर भई भरतपुर–२ बस्ने २७ वर्षीय राजेश पासवानलाई स्कुटरसहित पक्राउ गरिएको उनले जानकारी दिए । 

१४ असारमा भरतपुर–५ स्थितमा मोटरसाइकल चोरी गरी ल्याएको छ भन्ने सूचना प्राप्त भएपछि प्रहरीले प्रदेश २–०३–००१ प ४०५६ नम्बर लगाइएको मोटरसाइकल नियन्त्रणमा लिएको थियो । उक्त मोटरसाइकल चोरी गर्ने मानिस प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल बाटोमा नै छाडी फरार भएकोले निजको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । यसअघि गत असोज महिनामा सञ्चालित ‘चार्ली माइक’ अभियानबाट १४ जना व्यक्तिहरू पक्राउ परेका थिए । तीमध्ये केही धरौटीमा छुटेका छन् भने केही कारागारमा छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १० : २० बजे

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन

दक्ष सर्प उद्दारकर्ता (फोटो फिचर)

काठमाडौं – दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौं जिल्लासहित यस