बजेट भाषण: विलासिताका वस्तुको मूल्य बढ्यो | Khabarhub Khabarhub

बजेट भाषण: विलासिताका वस्तुको मूल्य बढ्यो


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले अल्कोहल, सुर्तीजन्य वस्तु, सौन्दर्य वा रुप सज्जाका सामानलगायत विलासिताका वस्तुमा अन्तःशुल्क र भन्सार दरमा वृद्धि गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्मा आगामी आवको बजेट पेस गरेसँगै आगामी आवको कर नीतिसमेत सार्वजनिक भएको छ ।

आगामी आवको कर नीतिअनुसार सुर्तीजन्य वस्तुको कर बढेको छ । सरकारले आयात हुने र स्वेदशमै उत्पादन हुने सम्पूर्ण प्रकारका सुर्तीजन्य वस्तुमा कर बढाएको हो । यसले यस्ता वस्तुको मूल्य बढ्ने देखिन्छ । सरकारले सवारीसाधन, मोटरसाइकललगायतमा पनि अन्तशुल्क बढाएको छ ।

सरकारले उत्पादनशील क्षेत्रमा योगदान पुर्‍याउने उद्योग तथा कलकारखाना स्थापना गरे कर छुट दिने भएको छ । उत्पादनको क्षेत्रमा सरकारले बजेटमा विशेष जोड दिएको देखिन्छ ।

कृषि औजार उत्पादन गर्ने कम्पनीलाई स्थापनाको पाँच वर्षसम्म लाग्ने करमा शतप्रतिशत छुट दिने बजेटमा उल्लेख गरिएको छ । यसले कृषि क्षेत्रमा आवश्यक पर्ने उपकरणको उत्पादनमा प्रोत्साहन बढ्ने देखिन्छ ।

बजेटमार्फत सरकारले उद्योगलाई चाहिने मेसिनरी आयातमा छुट दिने घोषणा गरेको छ । त्यस्तै इन्टरनेटको सेवालाई सर्वसुलभ बनाउन सेवा शुल्क घटाउने भएको छ, जसले बजारमा इन्टरनेटको शुल्कमा केही कमी आउने देखिन्छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ११ : ३७ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम