लमजुङको कोइलेनीमा टिपर दुर्घटना हुँदा ४ को मृत्यु | Khabarhub Khabarhub

लमजुङको कोइलेनीमा टिपर दुर्घटना हुँदा ४ को मृत्यु


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको मध्यनेपालमा टिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्ने स्थानमा बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको हो । मध्यपहाडी लोकमार्ग अन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको टिपर दुर्घटना भएको हो ।

सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्नेक्रममा टिपर सडकबाट करिब ३० मिटर तल खसेको हो । दुर्घटनामा परि टिपर चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सोही टिपरका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरेसहित सो आयोजनाका सुपरभाइजर र सहयोगी रहेका छन् ।

त्यसैगरी अन्य मृतक मध्ये सोही आयोजनाका सुपरभाइजर अन्दाजी ४५ वर्षीय उत्तम न्यौपाने रहेका छन् । अन्य दुई जना अन्दाजी २८ वर्षीय पारस शाह र अन्दाजी २५ वर्षीय रवीन्द्र सेढाईं रहेका छन् । उनीहरूको नाम खुले पनि ठेगाना भने यकिन नभएको प्रहरीले जनाएको छ ।न्युज कारखाना

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ५ : ५७ बजे

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको

आजका समाचार : छानबिन समिति बनाउने सहमतिदेखी पानीमा डुबेर दुई युवाको मृत्युसम्म

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी सहकारी ठगी प्रकरणमा

नासाको ‘सुपरसोनिक एक्स- ५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

काठमाडौं– अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी

काठमाडौं – सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष