यौन हिंसाको उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता « Khabarhub

यौन हिंसाको उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउन कानुन बनाउने तयारी थालेको छ ।

यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरी कानुन बनाउन लागेको हो । यसका लागि आइतबार संघीय संसद सचिवालयमा विधेयक दर्ता गरिएको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्दामा हदम्याद बढाउनेसम्बन्धी विधेयक सचिवालयमा दर्ता गरेका हुन् । यौन हिंसाका पीडितले उजुरी दिने हदम्याद नै राख्न नहुने पनि आवाज उठिरहेको छ । तर, सरकारले विद्यमान कानुनलाई संशोधन गरेर हदम्यादको समय बढाउने गरी विधेयक सचिवालयमा दर्ता गरेको हो ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  २ : ३८ बजे

अमेरिकासँग युएई पराजित  

काठमाडौँ – आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा संयुक्त राज्य

जनैपूर्णिमा : दुधपोखरी कुण्डमा भक्तजनको घुइँचो 

लमजुङ – पर्यटकीय गन्तव्य दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउन आउने भक्तजनको

अफगानिस्तानविरुद्ध आयरल्यान्डको दोस्रो जित

काठमाडौँ – आयरल्यान्डले दोस्रो टी २० खेलमा अफगानिस्तानलाई  ५ विकेटले

घट्यो जनकपुर भन्सारको राजस्व, गत आवमा ५४ प्रतिशत मात्रै सङ्कलन

जनकपुर – भन्सार कार्यालय जनकपुरले आर्थिक वर्ष २०७८-७९ मा लक्ष्यको

‘प्रदेश लथालिंग राजाको भताभुंग चाला हुने डर छ’

काठमाडौँ – संविधानमा राज्य पुनसंरचनाअनुसार सातै प्रदेशमा गठन भएका सरकारको