कान्समा ‘लोरी’लाई जुरी स्पेशल मेन्सन अवार्ड | Khabarhub Khabarhub

कान्समा ‘लोरी’लाई जुरी स्पेशल मेन्सन अवार्ड


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालबाट पहिलो पल्ट कान्स फिल्म फेस्टिभलमा अफिसियिल्ली छानिएर इतिहास बनाएको अविनाश विक्रम शाह निर्देशित ‘लोरी’ ले अवार्ड जितेको छ । कान्ससम्मको यात्राकै कारण चर्चामा रहेको ‘लोरी’ ले पुरस्कार जितेपछि नेपाली फिल्मकर्मीहरूले सामाजिक सञ्जाल मार्फत बधाई दिइरहेका छन् । सर्ट फिल्म विधामा पाम डी अरका लागि प्रतिस्पर्धामा रहेको फिल्मले जुरीबाट स्पेसल मेन्सन अवार्ड प्राप्त गरेको हो । ‘लोरी’ ले १ सय ४० देशबाट सहभागी भएको ३ हजार ५ सय ७ फिल्मबाट उत्कृष्ट ९ मा ठाउँ बनाएको थियो । १४ मिनेट लामो फिल्मले नेपालको पितृसत्तात्मक समाजमा विद्यामान कुरीतिलाई उजागर गरेको छ ।

फेस्टिभलको अन्तिम दिन प्रदर्शन भएको फिल्मले स्ट्यान्डिंग ओभेसन समेत पाएको थियो । निर्देशक अविनाश विक्रम शाहले नेपालमा विद्यमान बालविवाहलाई कथाको विषय बनाएका थिए । १२ वर्षकी बालिकालाई आमाले शान्त बनाउन लोरी सुनाइरहेकी छिन् । तर लोरी सकिएर बालिका यथार्थमा आउँछिन्, त्यहाँको परिस्थिति बेग्लै छ । मुख्यतया तीन कलाकारको अभिनय रहेको फिल्ममा अंकिता यादव, प्रीति झा र सरिता शाहको अभिनय रहेको छ । कान्समा तीनै जना अनुपस्थित थिए । 

शनिबार साँझ सकिएको कान्सको ७५ औँ संस्करणमा सर्ट फिल्मतर्फको पाम डी अर चिनियाँ फिल्म  ‘दि वाटर मरमर्स’ ले जितेको थियो । यो फिल्मलाई जियाइंग चेनले  निर्देशन गरेकी थिइन् । ‘लोरी’ बाहेक अविनाशको अर्को फिल्म ‘एलिफेन्ट इन दि फग’ पनि कान्सको मेन्टरसिप कार्यक्रममा छनोट भएको थियो । अन्डरग्राउन्ड टाकिजले निर्माण गर्ने यो फिल्मले ट्रान्सजेन्डरको कथा पेश गर्छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  १ : ३३ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई