टिमोर लिस्टेसँग बराबरीमा रोकियो नेपाल | Khabarhub Khabarhub

टिमोर लिस्टेसँग बराबरीमा रोकियो नेपाल


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एएफसी एसियन कप २०२३ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली शनिबार राति पहिलो मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको यु–२३ टोलीसँग २-२ को बराबरीमा रोकिएको छ ।

नेपाली टोली कुवेतमा हुने छनोट प्रतियोगिताअघि अभ्यासका लागि कतार पुगेको थियो । कतारको दोहास्थित ग्रान्ड हमाद रंगशालामा २-० ले पछि परेको स्थितीमा पुनरागमन गर्दै नेपाल हारको संकटबाट जोगिएको हो ।

पहिलो हाफको अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपाल २-० ले पछि परेको थियो । ४४औं मिनेटमा अग्रता लिएको टिमोर लिस्टेले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अग्रता दोब्बर पार्यो । ५१ र ८४ औं मिनेटमा गोल गर्दै नेपाल खेलमा फर्किएको थियो ।

कुवेतमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई बाहिर राख्दै टोली घोषणा गरेका थिए । उनले स्ट्राइकर नवयुग श्रेष्ठलाई कप्तानीको जिम्मेवारी दिएका थिए।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहँदा सेवा सुबिधाको माग राख्दा प्रशिक्षक अल्मुताइरीले अपमानजनक व्यहार गरेको भन्दै अञ्जन विष्ट, विमलघर्ती मगर, सुजल श्रेष्ठलगायत १० खेलाडीले बन्द प्रशिक्षण छोडेका थिए ।

नेपालले बुधबार दोस्रो मैत्रीपूर्ण खेलमा ओमानको सामना गर्नेछ । नेपाल कतारबाटै कुवेत प्रस्थान गर्नेछ । समूह ‘ए’ मा रहेको नेपालले ८ जुनमा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ ।

प्रत्येक समूहको विजेताका साथै उपविजेता मध्येको उत्कृष्ट पाँच टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि छनोट हुनेछ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ९ : ४२ बजे

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन

दक्ष सर्प उद्दारकर्ता (फोटो फिचर)

काठमाडौं – दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौं जिल्लासहित यस