च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडलाई | Khabarhub Khabarhub

च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडलाई


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले जितेको छ। गएराति फ्रान्सको पेरिसमा भएको फाइनल खेलमा लिभरपुललाई १-० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो।

रियललाई जित दिलाउन भिनिसियस जुनियरले खेलको ५९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। यससँगै रियल कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ। रियलले पछिल्लो पटक २०१८ मा च्याम्पियन्स लिग जितेको थियो।

खेलको ४४ औं मिनेटमा करिम बेन्जिमाले गरेको गोलले मान्यता पाएन । उनको गोल अफसाइड भएको भन्दै बदर भएको थियो ।

लिभरपुलले थुप्रै गोलको अवसर खेर फाल्यो । लिभरपुलका मोहमद सलाह, साडियो माने लगायतका उत्कृष्ट आक्रमण रियलका गोलकिपर थिबाउट कोर्टुवाले बचाऊ गरेका थिए ।

 

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ५ : ५५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका