हेटौंडामा ४९ जनाले लिए उम्मेदवारी फिर्ता | Khabarhub Khabarhub

हेटौंडामा ४९ जनाले लिए उम्मेदवारी फिर्ता


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– हेटौंडा उपमहानगरपालिकामा ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। 

३ जना मेयरका उम्मेदवार र २ जना उपमेयरका उम्मेदवार सहित ४९ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।

पाँच दलीय सत्ता गठबन्धनमध्ये जसपा नेपालले मेयर र उपमेयर दुवैमा उम्मेदवारी दिएको थियो । जसपाले उम्मेदवारी दिएपछि हेटौंडामा गठबन्धन तोडिएको भन्ने चर्चा चल्न थालेको थियो । हेटौंडाको मेयर पदमा उम्मेदवारी दिएका जसपा नेपालका दीपा लामाले उम्मेदवारी फिर्ता लिएकी छिन् ।

त्यसैगरी नेपालका लागि नेपाली पार्टीका सुकुन्द प्रसाद आचार्य र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी सुरक्षा रिजालले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै हेटौंडाको उपमेयर पदमा उम्मेदवारी दिएका जसपा नेपालका हरिहर खतिवडा र नेकपा एकीकृत समाजवादीकी मखकुमारी तिमल्सिनाले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत शर्माले बताए ।

हेटौंडामा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका १८ जना वडा अध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी महिला सदस्य पदका उम्मेदवार ५ जना, दलित महिला सदस्य पदका उम्मेदवार ६ जना र खुल्ला सदस्य पदका १५ जना उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएको शर्माले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : १९ बजे

देउवाले उपेन्द्र र महन्थलाई बुढानीलकण्ठ बोलाए

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलका

महिला समानता र आन्दोलनका लागी धेरै त्याग गर्नुपर्‍यो : ओली 

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मानव समाजलाई

बेल्जियममा नेपाली ‘फुड फेस्टिबल’ सम्पन्न

बेल्जियम– नेपाली खानालाई युरोपमा चिनाउने उद्देश्यले नेपाली ‘फुड फेस्टिबल’ अर्थात

एमालेको राष्ट्रिय महिला भेलामा जे देखियो…   

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेला

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

मोरङ– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२