म्युजिक भिडियो निर्देशक समाजमा विधानको नेतृत्व | Khabarhub Khabarhub

म्युजिक भिडियो निर्देशक समाजमा विधानको नेतृत्व


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्युजिक भिडियो निर्देशकहरूको छाता संस्था नेपाल म्युजिक भिडियो निर्देशक समाजले नयाँ कार्यसमिति पाएको छ । 

शुक्रबार राजधानीमा आयोजित समाजको प्रथम साधारण सभा तथा अधिवेशनबाट संस्थापक अध्यक्ष विधान कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । समाजको प्रथम उपाध्यक्षमा देवेन्द्र पाण्डे र द्वितीय उपाध्यक्षमा निकेश खड्का निर्विरोध चुनिएका छन् ।

त्यस्तै, महासचिवमा सुव्रतराज आचार्य, सचिवमा प्रकाश घिताल, कोषाध्यक्षमा बविता श्रेष्ठ र सह-कोषाध्यक्षमा डि.आर सुजन (डिल्लीराम रेग्मी) चयन भए । सदस्यहरूमा भने कृष्णदेश रूपाखेती, सुरेन्द्र बसेल, देवेन्द्र कुँवर, जनक बहादुर सिंह, लक्षु गौतम, दयाराम घिमिरे, नरेन्द्र विष्ट (गम्भीर) र देवराज आचार्य चयन भएका छन् । 

नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि कार्यसमितिको पहिलो बैठकले उपाध्यक्ष र सह सचिव पदमा मनोनित गरेको छ । उपाध्यक्षमा निशान घिमिरे र सह सचिवमा समन अधिकारी मनोनित भएका हुन् । 

योसँगै नेपाल म्युजिक भिडियो निर्देशक समाजको कार्यसमिति १७ जनाको भएको छ । यो कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ५६ बजे

विषादी प्रयोगबारे सचेत बन्दै किसान

कैलाली– रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

हेटौंडा– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आज सुरु हुँदैछ । बैठक

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरोको बैठक आज बस्दैछ । पार्टीको

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने

यस्तो बन्दैछ आईपिएल प्लेअफ समीकरण

कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्लेअफमा प्रवेश