चेल्सी र युनाइटेड बराबरीमा रोकिए | Khabarhub Khabarhub

चेल्सी र युनाइटेड बराबरीमा रोकिए


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इग्लिस प्रीमियर लिग (ईपीएल) अन्तर्गत बिहिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले १-१ अन्तरको बराबरी खेलेका छन् ।

युनाइटेड घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीले सुरुआती अग्रता बनायो ।

पहिलो हाफमा चेल्सीले निकै दवाव बनाए पनी गोल गर्न सकेन । दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

खेलको ६०औं मिनेटमा मार्को एलन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर दुई मिनेट मै युनाइटेडले गोल फर्कायो।

माटिकको पासमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।

बराबरीसंगै युनाइटेडको शीर्ष चारमा स्थान बनाउने सम्भावना कमजोर बन्दै गएको छ ।

चेल्सी ३३ खेलबाट ६६ अंक सहित तेस्रो स्थानमा छ । दुई खेल बढी खेलेको युनाइटेड ५५ अंक सहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ०० बजे

जसपा फुटविरुद्ध उपेन्द्रले दिएको रिट हेर्दाहेर्दैमा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी

वनमन्त्रीको सम्पत्ति : एउटा बन्दुक र डेढसय तोला सुन 

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार

काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आइपीभी’ खोप लगाइने

काठमाडौं–  यही जेठ १३ गतेदेखि काठमाडौँ जिल्लासहित देशभरिका बालबालिकाका लागि

श्रममन्त्री अर्यालको सम्पत्ति : सहकारीमा २ करोड ऋण, १ करोड ४३ लाख शेयर र पैसा 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र

इरानी राष्ट्रपति रायसीको अन्त्येष्टिको तयारी

काठमाडौं– इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा भेला