मृत्यु भइसकेका व्यक्तिलाई अदालतद्वारा जन्मकैदको फैसला | Khabarhub Khabarhub

मृत्यु भइसकेका व्यक्तिलाई अदालतद्वारा जन्मकैदको फैसला


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

दैलेख जिल्ला अदालतले डुंगेश्वर गाउँपालिका–२ की २५ वर्षीया डिलकुमारी बिक (तत्कालिन समयमा) लाई हत्या गरेको अभियोगमा डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका शेरबहादुर बिष्टलाई २० वर्ष जन्मकैद फैसला गरेको हो ।

अदालतले विष्टलाई जीवित छँदा गरेको अपराधको भागिदार ठहर गरेको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए ।

‘जीवित छँदा गरेको अपराधमा सजाय गर्नु परे पनि अपराधीको मृत्युसँगै अपराध पनि मर्छ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तअनुसार सजाय असुल गर्न नपर्ने ठहर्ने फैसलामा व्याख्या गरिएको छ ।’ उनले भने, ‘२१ वर्षअघि २६ फागुन ०५७ मा बलात्कारपछि हत्या गरेको भन्ने आरोपमा ३ पुस ०७७ मा जिल्ला अदालतमा दर्ता भएको अभियोगमा मुद्दाको अनसन्धान चलिरहेकै बेला विष्टको ७५ वर्षको उमेरमा २८ जेठ ०७८ मा मृत्यु भएको थियो ।’

घटनाको भोलिपल्टदेखि नै फरार भएका विष्ट सिकिस्त बिरामी अवस्थामा असोज ०७७ असोजदेखि सुर्खेतमा बस्दै आएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १० : ४५ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन