रहेनन् बर्मेली स्वरसम्राट गायक पदम थापा  | Khabarhub Khabarhub

रहेनन् बर्मेली स्वरसम्राट गायक पदम थापा 


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बर्माका नेपाली सांगीतिक आकाशको धूर्व ताराको रुपमा परिचित गायक पदम थापाको निधन भएको छ । बर्मामा कालजयी गीतका सर्जक मानिने स्वरसम्राट बर्मेली गायक थापाको ७७ वर्षको उमेरमा स्थानीय समय अनुसार बिहान ६ बजे निधन भएको हो। कलौनगर अउंबान म्यान्मार बस्ने गायक थापाको निधन उच्च रक्तचाप लगायतका स्वास्थ्य समस्याको कारण भएको हो । 

केही दिन यता बिरामी रहेका गायक थापाको स्वास्थ्यमा अपेक्षित रुपमा सुधार नआएपछि उनलाई दुई दिन अगाडि मात्र अस्पतालबाट घर लगिएको थियो। बर्मेली कवि, साहित्यकार तथा अखिल म्यान्मार देशीय गोर्खा हिन्दु धार्मिक संघका पूर्व उपाध्यक्ष लक्ष्मण न्यौपानेले उनको अन्तेष्टी नेपाली परम्परा अनुसार भएको बताए। ‘उहाँको अनुपस्थिति त अवश्य खट्किने छ।  किनकी उहाँ बर्मेली नेपालीको लागि स्वरसम्राट हुनुहुन्छ’ उनले भने। 

बर्मामा हिन्दु परम्परालाई नेपाली परम्परा भनिन्छ। स्वर्गीय गायक थापाको श्रीमती, २ छोरा र एक छोरी छन् । कवि न्यौपानेका अनुसार उनको वर्षाको झरी जस्तो गीत कालजयी छ। स्वर्गीय गायक थापाले एक भजन सहित ९ एल्बम निकालेका छन् । उनको जीवन संगीतमै समर्पित छ। ‘उहाँको जीवन संगीतमा भविष्य देख्नेलाई प्रेरणा बन्न सक्छ’ कवि न्यौपानेले भने। 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  २ : १३ बजे

मुलुक समृद्धिका लागि प्राकृतिक स्रोत साधनको उपयोग आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकमा भएको परिवर्तनको रक्षाका लागि

अफगानिस्तानमा भीषण बाढी, ८० भन्दा बढीको मृत्यु

एजेन्सी – लगातार वर्षापछि चलेको भीषण बाढीबाट अफगानिस्तानमा जनजीवन नराम्ररी

संयुक्त राष्ट्रसङ्घद्वारा प्यालेस्टिनी सदस्यताको पक्षमा मतदान

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय महासभाले शुक्रबार प्यालेस्टिनीहरूलाई विश्वव्यापी निकायमा थप अधिकार

५१ औँ दिनमा ‘महाजात्रा’

काठमाडौं– जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

यौनिक अल्पसङ्ख्यकलाई एचआइभी सङ्क्रमण जोखिम उच्च

नवलपुर– यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई एचआइभी सङ्क्रमणको जोखिम