तिहार : हलमा दया भर्सेस दयाको सम्भावना  | Khabarhub Khabarhub

तिहार : हलमा दया भर्सेस दयाको सम्भावना 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो तिहारमा दयाहाङ राईको दुई फिल्म एकसाथ् प्रदर्शनमा आउने सम्भावना बढेको छ । अर्थात् तिहारमा नेपाली दर्शक माँझ दया भर्सेस दया हुने सम्भावना उच्च छ ।

निर्देशक दीपेन्द्र के खनालले आफू निर्देशित फिल्म ‘के घर के डेरा’लाई तिहारमा रिलिज गर्ने तयारी गरेसँगै सम्भावना उच्च भएको हो । डिएस डिजिटलले डेब्यू निर्देशक सुरज पाण्डेको निर्देशनमा बनेको फिल्म ‘परस्त्री’ हुने घोषणा गरेता पनि यसलाई पछाडि सार्दै ‘के घर के डेरा’ ल्याउने तयारी गरेको हो ।

यहीँ मितिमा दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’ पनि प्रदर्शन तय गरेर पोष्ट प्रोडक्सनको काममा छ । दुवै फिल्ममा दया छन् । पछिल्लो फिल्म ‘कबड्डी’ मार्फत चर्चामा रहेका दयाको एकसाथ फिल्म प्रदर्शनमा आउनु दर्शकका लागि भने राम्रो होइन । त्यसो त दुई दीपेन्द्रको भिडन्त यो पहिलो भने होइन । यस अगाडी पनि लभ लभ लभ र घामपानी नयाँ वर्षको डेटमा भिडेका थिए ।

फेस्टिभलको समय र स्टारकास्ट हेरेर दुई नम्बरीको डेटमा के घर के डेरा ल्याउन लगिएको चर्चा छ । ‘दुई नम्बरी’ मा दयासँगै सौगात मल्ल, उपासना सिंह ठकुरी लगायतका कलाकार छन् । यस्तै , ‘के घर के डेरा’ मा दयासँगै विपिन कार्की , वर्षा राउत , सुरक्षा पन्त लगायतको अभिनय रहेको छ । यी दुई फिल्मसँगै तिहारमै ‘नालापानी’ पनि प्रदर्शनमा आउने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ४ : २३ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको