काठमाडौँ विश्वविद्यालयमा खुल्यो ‘मास्टर्स इन मिडिया स्टडीज’ कार्यक्रम | Khabarhub Khabarhub

काठमाडौँ विश्वविद्यालयमा खुल्यो ‘मास्टर्स इन मिडिया स्टडीज’ कार्यक्रम


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ विश्वविद्यालय (केयू) ले यसै वर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

विगत १६ वर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया स्टडीज कार्यक्रमलाई यस वर्षबाट स्नातकोत्तर तहमा विस्तार गरिएको हो ।

काठमाडौं विश्वविद्यालयमै स्नातकोत्तर गर्न चाहने मिडिया तथा सञ्चारकर्मीहरूका लागि यो सुनौलो अवसर हुने विश्वविद्यालयस्थित भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. सुधांशु दाहाल बताए ।

आमसञ्चार र पत्रकारिता विषय नेपालका अन्य विश्वविद्यालयमा पढाइ हुँदै आए पनि मिडिया स्टडीज काठमाडौं विश्वविद्यालयमा सञ्चालित एक पृथक कार्यक्रम भएको उनले जनाए ।

स्नातकोत्तर तहको यस कार्यक्रम तयार गर्दा नेपाल र एसियाकै मौलिक परम्परा, ज्ञान र दर्शनलाई ध्यानमा राखिएको विभागका सहप्राध्यापक डा. निर्मलमणि अधिकारी बताए ।

यस दुई वर्षे कार्यक्रममा विद्यार्थीले ६० क्रेडिट बराबरका विभिन्न २० वटा विषयहरूको अध्ययन गर्नेछन् । तीमध्ये मोबाइल पत्रकारिता, फिल्म अध्ययन, विज्ञापन व्यवस्थापन, प्रसारण पत्रकारिता, रेडियो स्टेसन व्यवस्थापन लगायत २८ वटा विषयहरूबाट तीन वटा ऐच्छिक विषय छान्न सक्नेछन् ।

तर, प्रथम वर्षमात्र पूरा गरेर पढाईलाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरूलाई वैकल्पिक रूपमा पोस्ट ग्रयाजुएट डिप्लोमाको डिग्री प्रदान गर्न सकिने व्यवस्था समेत यसमा गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ३ : २२ बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने