बागमती प्रदेशसभाको बैठक बस्दै, यी शीर्षकमाथिको बजेटमा छलफल हुने | Khabarhub Khabarhub

बागमती प्रदेशसभाको बैठक बस्दै, यी शीर्षकमाथिको बजेटमा छलफल हुने


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ। बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को लागि ल्याएको बजेटमाथि मन्त्रालयगत छलफल हुने भएको छ।

आजको बैठकमा सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा सचिवालय, लोक सेवा आयोग र प्रदेश नीति तथा योजना आयोगको बजेटमाथि छलफल हुने कार्यसूची छ ।

आइतबार संस्कृति तथा पर्यटन मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालयको बजेटमाथि छलफल भएको थियो। त्यस दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो ।

प्रदेश सरकारले आगामी वर्षको लागि ७० अर्व ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ९ : ०४ बजे

प्रधानमन्त्री प्रचण्ड र एडीबीका उपाध्यक्षबीच भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडीबी)का उपाध्यक्ष

कर्णालीमा आगलागीबाट ५५ जनाको मृत्यु

काँक्रेविहार– कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो