‘ट्रेड युनियन राजनीतिक भर्‍याङ मात्रै भयो’ « Khabarhub

‘ट्रेड युनियन राजनीतिक भर्‍याङ मात्रै भयो’



विशेष गरेर अन्तर्राष्ट्रिय स्तरमा औद्योगिक सम्बन्ध कुन ट्रेनमा चरिरहेको छ। अनुसन्धान कसरी भएको छ। हामी नेपालको सन्दर्भमा नी आउँछौ। तत्कालै हामी सँग ‘इन्लेरा’ (इन्टरनेशनल लेभर एण्ड इम्प्लोइमेन्ट रिलेशन एसोसिएसन) भन्ने संस्था छ। यो एउटा ठूलो संस्था हो।

यस संस्थाले विश्वभर हरेक दुई वर्षमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसमा मैलै पनि सहभागिता जनाएको थिएँ। त्यहाँ ‘लेवर रिलेशन’को सय वर्ष पुगेकोमा उत्सव मनाएको थियो।

विशेष गरेर विश्वभर हामीले हेर्दा खेरी पहिलो विश्वयुद्धदेखि लेवर रिलेशनको अनुसन्धान औद्योगिक सम्बन्धको पढाइ सुरु भएको देखिन्छ। आज हामी २१ औं शताब्दीमा आइपुग्दा सय वर्ष पुगिसकेको छ।

त्यसपछि मैले आफ्नो देशतिर हेरेँ। संसारभर एक सय वर्ष मनाउँदा नेपालको लेवर रिलेसन यसको अध्ययन, अनुसन्धान, अध्यापन कहाँ पुग्यो त ? नेपालको यति धेरै बसाइँसराई, मृत्यदरको कुरा छ, अनौपचारिक अर्थतन्त्रको कुरा छ। बेरोजगारको सीमा चरणमा पुगेको छ।

हामीले शैक्षिक हिसाबले के गर्यौ ? त्रिभुवन विश्वविद्यालयले के गरिदियो ? अरु विश्वविद्यालयले के गरिरहेका छन् ? यो एउटा गम्भीर कुरा हो। यो हिसाबले पनि मैले आफ्नो पढाई मानव संशाधन व्यवस्थापनमा पढाई गर्दा, लेवर रिलेसनलाई, कामदारको आवाजलाई हामीले लिनुपर्छ।

हामीले अनुसन्धानको माध्यमबाट संसारलाई देखाउनुपर्छ। नेपालमा यो खालको अनुसन्धान चलिरहेको छ भनेर एक खालको डकुमेन्टेशन पनि हुन्छ। फेरि नेपालको सन्दर्भमा आउँछु। हरेक वर्ष चार लाख नेपाली ‘लेवर मार्केटमा’ आउनु हुन्छ। नेपाली लेवर मार्केटमा आइराख्दा नेपाल सरकारले कस्तो किसिमको नीति बनाएको छ ? हाम्रो श्रम नीतीमा के छ ? ट्रेड यूनियन ऐनमा के छ ? यस विषयमा हामीले खोज्नुपर्ने भएको छ।

आज हामी श्रमिकहरु बेचिरहेका छौँ। भारत, खाडी मुलुक र अन्य युरोपियन देशहरुमा हामीले श्रमिक बेचिरहेका छौँ। भोलिका दिनमा के होला ? भविष्ष्य के होला ? हाम्रो जन्मदर पनि त्यही हिसाबले घटिरहेको छ। हाम्रो देशमा उत्पादन, मानवीय स्रोत कम हुँदै जाने हो भने यसले भोलि हाम्रो नेपालको रोजगारीको सम्बन्धलाई कुन दिशा दिने हो ? भोलिका दिनमा हाम्रो अर्थतन्त्र सखाप हुुने हो की ? हाम्रो रोजगारको सम्बन्ध सखाप हुने हो की ? यो पनि एउटा चिन्ताको विषय बनेको छ।

हामी राजनीतिमा समाजवादको कुरा गरिरहेका छौ, संघीयताको कुरा गरिरहेका छौं। हामीले बाहिरबाट मात्र उत्पादन गरेको सामग्रीहरु उपभोग गरिरहेका छौँ। हामीले कुनै पनि वस्तु उत्पादन गरेर बाहिर बेच्न सकेका छैनौँ। हामीले हाम्रो पसिना र रगत यँही नै बेचिरहेका छौं। तर, यो दिगो छ कि छैन ? यो एउटा ठूलो चुनौतीको विषय बनेको छ।

त्यसैले हामी नेपालको रोजगारीको प्रकियालाई दिगो बनाउन नीति निर्माणमा परिवर्तन ल्याउन अत्यन्त जरुरी छ। सरोकारवाला, शैक्षिक व्यक्तित्व विज्ञले यस विषयमा ध्यान दिएनौ भने हाम्रो रोजगारीको सम्बन्धलाई एउटा गन्तव्यमा अवश्य पुर्याउन सक्दैनौं।

अहिले हामी डिजिटाइजेशनको समयमा छौं। हामी सधै एउटै समयको गतिमा बस्दैनौ। यो परिवर्तन भइरहन्छ। अहिले विश्वमा ‘आर्टिफिसियल इन्टिलीजेन्ड’ ठूलो इस्यूको रुपमा आएको छ। पहिला धेरै जना कामदरले सामूहिक रुपमा एउटा काम गर्थ्र्यो भने अहिले एक जनाले धेरै काम गर्नसक्ने अवस्था आएको छ। अर्टिफिसियल इन्टिलीजेन्टले विश्व नै हल्लाउदै छ।

मानिसको ठाँउमा आर्टिफिसियल इन्टिलीजेन्टले कब्जा गर्दैछ। अब के गर्ने भन्ने विषयमा छलफल चरिरहेको छ। त्यसकारण हाम्रो रोजगारको सम्बन्ध एकदमै कमजोर छ। हामीले यसलाई शैक्षिक हिसाबले हेर्नुपर्छ। सरोकारवालाले यसलाई ध्यान दिनुपर्छ।

भर्खरै त्रिभुवन विश्वविद्यालयले श्रम डिपार्टमेन्ट खोलेर अध्ययन सुरु गरेको छ। संसारभर ‘लेवर स्टडी’ पढाई हुन थालेको सय वर्ष भयो। तर, हाम्रोमा भर्खर सुरुवात भएको छ। विश्व ‘डिजीटल’, ‘आर्टिफिसियल इन्टिलीजेन्ट’ को कुरा गर्दैछ। हामी भर्खरै अनौपचारिक अर्थतन्त्र, औपचारिक अर्थतन्त्रको, श्रमिकको कुरा, ट्रेड यूनियनका कुराहरु गरिरहेका छौं।

त्यसकारणले हामी कहाँ छौँ त ? देश ‘माइग्रेसन’ को कुराहरु गरिरहेको छ। यसको कारक हामीले अनुसन्धानबाट ल्याउनुपर्छ। सरकार, सरोकारवालालाई नीतिमा केही परिवर्तन ल्याउन र कार्यन्वयन गराउन हामी लाग्नुपर्छ। विश्वको सन्दर्भमा अनुसन्धान कसरी बढेको छ भन्ने विषयमा जानकारी दिन चहान्छु। विशेषगरी ‘लिभर रिलेशन’ अन्तर्राष्ट्रिय जगतमा पहिलो विश्वयुद्धदेखि नै सुरुवात भएको हो।

कतिपय विद्वानले ‘इन्डस्ट्रीयल रिलेशन’, कतिले लेभर रिलेशन भनेर लेखेको छ। विभिन्न विद्वानले विभिन्न नामकरण गरेको छ। तर, मुख्यरुपमा इम्प्लोइमेन्ट रिलेसन हो। विशेष गरेर हामीले के बुझ्नुपर्छ भने यसमा रोजगारदाता, श्रमिक र सरकार हुन्छन्। यिनीको त्रिकोणात्मक सम्बन्ध हुन्छन्।

यी चिज लेवर रिलेशनमा र इम्प्लोइमेन्ट रिलेसनमा गरिने अनुसन्धानको आधारभूत पात्र हुन्। यदि हामीले यी तीन प्लेयरलाई अलग गर्यो भने हामी लेवर रिलेशनको कुरा गर्न सक्दैनौँ। हामीले आफ्नो अनुसन्धानलाई अगाडि बढाउन सक्दैनौं। दोस्रो विश्व युद्धपछि सैद्धान्तिक बहस धेरै चल्न थाल्यो। धेरै विद्वानले आफ्नो सिद्धान्त अघि सारे। अन्त्यमा छलफल र बहस बाट ‘डनलपीयन मोडल’ लाई अघि सार्यो। अब हामीले यस मोडलबाट बाँकी अनुसन्धान गर्नुपर्छ भनेर एउटा प्रमाणिक आधार दियो। यसलाई ‘सिस्टम फ्रेम वर्क’ पनि भनिन्छ। यसमा व्यवस्थापन, कामदार र सरकार गरी तीन प्लेयर हुन्छन्।

यो तीन चिजको बुझाइबाट विभिन्न किसिमको नीति नियम बन्ने गर्छन्। जस्तै हामीसँग श्रम ऐन १९९२ छ। पछि श्रम ऐन २०२२ हुँदै २०७४ आएको छ। त्यसैले हामीले यस्ता कानुनी पाटोलाई हेर्नुपर्छ। हामीले अर्थशास्त्रीय, इतिहास, सामाज शास्त्रीय दृष्टिकोण जस्ता विभिन्न पाटोबाट पनि अनुसन्धान गर्नसक्छौं। लेवर रिलेशनलाई विभिन्न पाटोबाट हेर्न सकिन्छ। तर, हामीले आधारभूत रुपमा यी विशेषतालाई केन्द्रमा राखेर अनुसन्धानलाई अगाडि बढाउन सक्छौँ।

अहिले हामी डिजिटाइजेसनको समयमा छौँ। श्रमिकको भविष्यमा के हुने हो भन्ने विषय चिन्ताको विषय बनेको छ। किनभने आर्टिफिसियल इन्टिलेन्जेन्टले ठूलो ठाउँ लिदै आएको छ। पहिले हामीले गरेको अध्ययन, अनुसन्धान, दर्शन अनुसार वर्गबिहीन समाजतर्फ जान्छ कि भन्ने चासोको विषय बनेको थियो। तर, अहिले डिजिटालाइजेशन र आर्टिफिसियल इन्टिलेजेन्टले अली फरक दृष्टिकोणको विकास गराएको छ।

यसमा अनुसन्धानकर्ता, फिजीकल कुराहरु आउदैछन्। अहिले तत्कालको मुख्य बहस, अनुसन्धान के छ भने रिभाइटालाइजेशन अफ इन्डस्ट्रियल एण्ड लेवर रिलेशसन भनेर आएको छ। रिभाइटालेजन अफ ट्रेड यूनियन भनेको छ। किनकी ट्रेड यूनियन पनि एउटा पात्र हो। त्रिकोणात्मक सम्बन्धमा ट्रेड यूनियन यत्तिकै कमजोर भएको छ।

पश्चिमी विश्वमा हामी सामूहिक बार्गेनिङबाट व्यत्तिगत बार्गेनिङतिर गएका छौँ। किनकी पुँजीवादी समाजले श्रमिकलाई विभाजन गर्दै आएको छ। अहिले व्यत्तिगत बार्गेनिङतिर गएका छौँ। विनियमनतिर गएका छौँ।

हाम्रो सन्दर्भमा श्रम ऐन २०१७ हेर्ने हो भने हामीसँग अहिलेसम्म सामूहिक बार्गेनिङ चलिरहेको छ। हाम्रो श्रम ऐनमा विकेन्द्रीकरण, मध्यस्तता, तेस्रो पक्षीय सम्झौता अझै पनि छन्। तर, विश्वको सन्दर्भमा हेर्ने हो भने तीव्र रुपमा घटिरहेको छ। अर्को गम्भीर चिन्ता भनेको ‘यूनियननीज्म’हो।

पश्चिमी मुलुकमा युनियनहरु एकदमै ध्वस्त भएर गएका छन्। तर, नेपालको सन्दर्भमा हेर्ने भने ठिक विपरित भएको छ। युनियन एकदमै बलियो छ। नेपालमा ट्रेड युनियनमा एकदमै राजनीतिकरण भयो। आफ्नो राजनीतिक भर्याङको लागि ट्रेड युनियनको प्रयोग भयो।

त्यसकारण मैले ट्रेड युनियनको अध्ययनमा अन्तर्राष्ट्रिय जर्नलमा पेपर सार्वजानिक गरेको छु। यसरी नै अनुसन्धानका प्रकिया बढीरहेका छन्। नेपालको सन्दर्भमा विविध कुरा आएका छन्। यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा हामी सबैको दायित्व हो।
प्रस्तुति : पासाङ लामा ह्योल्मो

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : १२ बजे

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राहत र उद्धारलाई प्राथमिकता दिन प्रवक्ता महतको आग्रह

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अविरल वर्षाका कारण

कोरोना फैलिन नदिन सुदूरपश्चिममा ‘खोज र खोप अभियान’ चलाइँदै

कैलाली– कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिम प्रदेशमा ‘खोज र

विद्युत कटौतीको विरोधमा पाकिस्तानमा प्रदर्शन

काठमाडौँ- पाकिस्तान नियन्त्रित कश्मीरमा बढ्दो लोडसेडिङ्को विरोधमा प्रदर्शनको आयोजना गरिएको

सप्तरीको डाक्नेश्वरीमा आगलागीबाट ११ घर नष्ट

सप्तरी– सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दलित बस्तीमा आज आगलागी हुँदा लाखौँ