सरकारको नीति कार्यक्रम 'चौबाटोको बटुवा' र 'कुहिरोको काग'– गोकर्ण विष्ट | Khabarhub Khabarhub

सरकारको नीति कार्यक्रम ‘चौबाटोको बटुवा’ र ‘कुहिरोको काग’– गोकर्ण विष्ट


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले सरकारको नीति तथा कार्यक्रमले समृद्ध नेपाल निर्माण गर्ने दिशाबोध नगर्ने दाबी गरेका छन् । 

उनले सरकारको नीति तथा कार्यक्रमलाई ‘चौबाटोमा बसेको बटुवा र कुहिरोका काग’ को संज्ञा दिएका छन् । हरेक वर्ष बजेट आउनु अगाडि सरकारले नीति कार्यक्रम प्रस्तुत गर्छ । यही परम्परालाई ध्यान दिँदै कार्यक्रम आएको छ । कार्यक्रममार्फत अग्रगामी परिवर्तनलाई बाटो देखाउने र समृद्ध नेपाल निर्माण गर्ने दिशाबोध गर्नुपर्ने थियो तर, नीति तथा कार्यक्रम चौबाटोमा बसेको बटुवा र कुहिरोको काग भएको छु, विष्टले भने ।

नीति तथा कार्यक्रम विद्यमान गम्भीर समस्या र चुनौतीहरूलाई सामना गर्ने सन्दर्भमा फितलो भएको उनको टिप्पणी छ । कार्यक्रमले अर्थतन्त्रमा देखिएको संकटलाई समाधान गर्न नसक्ने दाबी गरे  । स्थानीय तह निर्वाचनमा सत्ता पक्षबाट शक्तिको दुरुपयोग गर्दै मतदातालाई प्रभावित पार्ने काम भएको उनको आरोप छ । 

उनले निर्वाचनमा खर्च अधिक हुने गरेको भन्दै अब क्रमशः प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिने बेला आएको पनि बताए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  २ : ३७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड