राजस्थान १४ वर्षपछि आईपीएलको फाइनलमा | Khabarhub Khabarhub

राजस्थान १४ वर्षपछि आईपीएलको फाइनलमा


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजस्थान रोयल्स, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैङ्लोरलाई ७ विकेटले हराउँदै राजस्थान १४ वर्षपछि आईपीएलको फाइनलमा पुगेको हो ।

राजस्थान यसअघि सन् २००८ मा फाइनलमा पुगेको थियो । जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको राजस्थानले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । यसअघि अहमदावादमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

अब राजस्थानले फाइनलमा गुजरात टाइटन्ससँग आइतबार प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगिसकेको छ । राजस्थान दोस्रो पटक उपाधि जित्ने सोचमा हुँदा गुजरात आफ्नो पहिलो सिजनमै च्याम्पियन बन्ने दाउमा छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ५ : ५० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड