फुटबल प्रशिक्षकविरुद्ध विद्रोह: किरण भन्छन्- म खेलाडीको पक्षमा छु | Khabarhub Khabarhub

फुटबल प्रशिक्षकविरुद्ध विद्रोह: किरण भन्छन्- म खेलाडीको पक्षमा छु


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँग आफ्नोसमेत असन्तुष्टि रहेको बताएका छन्। प्रशिक्षकविरुद्ध खेली खेलाडीले गरेको विद्रोहलाई समर्थन गर्दै कप्तान किरणले यस्तो बताएका हुन्।

कप्तान किरणले प्रशिक्षकको व्यवहारप्रति आफ्नो असन्तुष्टि राख्दै फेसबुकमार्फत् विद्रोही खेलाडीको समर्थन गरेका हुन्.।

‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ’, किरणले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु।’

प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले विद्रोह गरेपछि किरणले उनीहरुको समर्थन गरेका हुन्।

कप्तान किरणको भनाइ फेसबुकबाट जस्ताको तस्तै–‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ। राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु।
जय नेपाल।’

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ५ : ५९ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड