वडा सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर | Khabarhub Khabarhub

वडा सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियारले नुवाकोट पञ्चकन्या गाउँपालिका–२ की वडा सचिव सरिता राउतसहित तीन जनामाथि भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सचिव राउत, कार्यालय सहयोगीद्वय रामकुमार गिरी र निलप्रसाद मिश्रविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो । सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै ५३ लाख १ हजार ८ सय ५६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि आएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रूपमा हराएको घटनामा परेको उजुरीमाथि अनुसन्धान हुँदा उनीहरूको बदनियत देखिएकाले आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाए ।

उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५९१० एवम् भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ३ : ३५ बजे

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : देव गुरुङ

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव

शिक्षकले राजनीति नगरौँ : गिरिराजमणि पोखरेल

बैतडी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम

राखेपद्वारा ‘मिसन २०२६’ मा पाँच खेल थप

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ‘मिसन २०२६’ अन्तर्गत राष्ट्रिय